मोरङ : मोरङको बेलबारी नगरपालिकाले बुधवार (भोलि) देखि सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साउन १९ गते भोलि राति १२ बजेदेखि २५ गतेसम्म सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहका अनुसार बेलबारीमा रहेका सरकारी कार्यलयहरुलाई पत्र पठाउँदै नगरपालिकाले सेवा प्रवाह बन्द गर्न आग्रह गरेको हो ।
उनका अनुसार बैठकले अत्यावश्यक सेवा बाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।











Discussion about this post