इटहरी : इटहरीका अग्रज एमाले नेता ओम कोइरालाको निधन भएको छ ।
६७ वर्षीय कोइरालाको आज (शुक्रबार) बिहान ३ः१७ बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि मृगौलासम्बन्धि रोगबाट पीडित कोइरालालाई गत २३ गते अभिनन्दन समेत गरिएको थियो ।
निष्ठा र त्यागको राजनीति गर्ने नेताका रुपमा परिचित कोइरालाको निधनपछि सामाजिक सञ्जालमा शोक व्यक्त गरिएको छ । उनी एक दशकसम्म भुमिगत भएर पार्टी र भातृसंगठनको काम गरेका थिए ।














Discussion about this post