धरान : धरानमा आगामी फागुन १३ र १४ कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी सुरु गरिएको छ । बाह्रखरी मिडियाले आज (आइतबार) धरानस्थित गल्फ कोर्षमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
प्रतियोगिताका निर्देशक दीपक आचार्यले गल्फ कोर्ष ९ होलको भएकोले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागी गराउन समस्या हुने बताए ।
विजेता, उपविजेता, बेष्ट ग्रस, मोस्ट वर्डि, लंगेष्ट ड्राइभ लगायत विधामा पुरस्कार दिइनेछ भने ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कार दिइने उनले बताए ।
बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
‘इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना हुनेछ, विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट पनि आयोजना गरेका छौँ,’ प्रधानले भने, ‘हामीले यस प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबल आयोजना गरेका छौँ । त्यो रिपोर्टाजपछि हामीले समाचार प्रकाशित गर्नेछौँ भने त्यसपछि कार्यक्रममा सहजीकरणका लागि सहज हुनेछ ।’
पूर्व अर्थसचिव रामेश्वर खनालले गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । इकोनोमिक समीटमा कार्यपत्र प्रस्तुतीका सम्बन्धमा उनले जानकारी गराउँदै यस कार्यक्रमले अर्थतन्त्रको रुपान्तरणका लागि सहयोग पुगोस् भन्ने लागेको बताए ।













Discussion about this post