इटहरी (डेस्क) : इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा संलग्न उनकी श्रीमतीसहित दुईजनालाई जन्मकैदको फैसला भएको छ ।
इटहरी घर भएका दुलाल विराटगरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए । विराटनगरमा औषधि व्यवसाय गर्दै आएका दुलालको हत्यामा संलग्न उनकी श्रीमतीसहित दुईजनालाई जन्मकैदको फैसला भएको हो ।
दालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार विराटनगर महानगरपालिका १० मधुमारामा दुलालको हत्या गरिएको घटनामा संलग्न उनकी श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ (दुलाल) र मीनाका प्रेमी सिरहाको लहान नगरपालिका ११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको सजाय भएको हो ।
न्यायाधीश मनोज केसीको इजलासले जन्मकैदको फैसला गरेपछि दुवै जनाले २५–२५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ । सजाय भुक्तानका लागि मीना र ब्रह्मदेवलाई कारागार चलान गरिएको बुढाथोकीले बताए ।
उनका अनुसार घटनाको मतियारका रूपमा मुद्दा चलाइएका इटहरीका २० वर्षीय सोनुकुमार साहको कसुर अदालतबाट कायम भएको छ । सजाय भने निर्धारण हुन बाँकी छ । साहलाई सजाय निर्धारणका लागि पछि छुट्टै सुनुवाइ हुने जानकारी सूचना अधिकारी बुढाथोकीले दिए ।
दुलालको २०७७ साल जेठ ४ गते राति हत्या भएको थियो । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । औषधि व्यवसायी दुलाल र मीनाबीच ११ वर्षअघि प्रेम विवाह भएको थियो ।
आफ्ना प्रेमी ब्रह्मदेवसँग मिलेर योजना बनाउँदै मीनाले सुतेका बेला प्लास्टिकको डोरीले घाँटी कसेर पतिको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।














Discussion about this post