Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

म देशको अनागरिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in टाकुरा विशेष, विचार, विविध, समाचार
0
म देशको अनागरिक
190
SHARES
Share on FacebookShare on Twitter

बिकेश कविन

इटहरी

सम्माननीय नेपाल सरकार, सर्वोच्च अदालत, संसद एवम् संविधान,
म देशको अनागरिक । म मधेसको अनागरिक । म पहाडको अनागरिक । म हिमालको अनागरिक । म नेपालको ‘अनागरिक नेपाली’ ।
यो लेख लेखिरहने ‘बिकेश कविन’ को नेपाली जन्मदर्ताअनुसार नाम ‘बिकेश शाह’ हो । कसैलाई लाग्नसक्छ, मधेसी भएर पनि यो मान्छेले शाह लेख्ने ! यसले त साह लेख्नुपर्ने हो । यो हीन मानसिकता धेरैको मनमा रहेको अक्सर पाइन्छ । यसैबाट थाहा हुन्छ, हाम्रो समाजले, हाम्रो देशले हामीलाई अर्कै ग्रहको प्राणीसरह ठान्दँछ । हाम्रो मनमस्तिष्कको बुझाई के छ भने, ‘शाह’ भनेका असली नेपालीहरू हुन् । अनि ‘साह’ भनेका चाहिँ नेपाल लुट्न आएका भारतीयहरू हुन् । परन्तु, हाम्रो यो सोच, अवधारणा नितान्त गलत हो । वस्तुत ः शाह र साह भनेको केही पनि होइन । यी बस् दुई शब्दहरू हुन् जसबीच फगत ‘एक अक्षरको’ फरकपन रहेको छ ।
हामी फगत एक अक्षरको भरमा कसैलाई नेपाली र कसैलाई भारतीय या अन्य मुलुकका नागरिक भनेर विखण्डित गरिरहेका छौँ । केवल एक अक्षरको फरकपन (कुनै थर÷जात) र कालो अनुहार राष्ट्रियताको मानक कदापि हुनसक्दैन । हुनु पनि हुँदैन ।
मेरो जन्म वि.सं २०५५ मा भएको हो । मैले नर्सरीदेखि एस.एल.सीसम्मको अध्ययन इटहरीको ग्रिन पिस एकेडमीबाट गरेको हो । यसबाट मसँग, मैले नेपालबाटै एस.एल.सी पास गरेको र एस.एल.सीसम्मका ‘ओरिजिनिल सर्टि्फिकेट्स’ (सक्कली शैक्षिक प्रमाणपत्र÷कागजात) रहेको सप्रमाण पुष्टि हुन्छ । मेलै कक्षा ११ र कक्षा १२ इटहरीकै विश्व आदर्श कलेजबाट विज्ञानमा उत्तीर्ण गरेको हो । यसबाट मसगँ, मैले नेपालबाटै कक्षा ११ र कक्षा १२ पास गरेको र कक्षा ११ र कक्षा १२ सम्मका ‘ओरिजिनिल सर्टि्फिकेट्स’ (सक्कली शैक्षिक प्रमाणपत्र÷कागजात) रहेको सप्रमाण पुष्टि हुन्छ । अहिले म धरानको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छु ।
यी कुराहरू अनावश्यकजस्तो कसैलाई लाग्नसक्छ । परन्तु, नेपाली नागरिक हुनको निम्ति ‘ओरिजिनिल एजुकेशनल सर्टि्फिकेट्स’ (सक्कली शैक्षिक प्रमाणपत्र÷कागजात) हुनुपर्दछ । यस सक्कली शैक्षिक प्रमाणबाट म सम्माननीय नेपाल सरकार, सम्माननीय सर्वोच्च अदालत र सम्माननीय संसद तथा संविधानलाई आफू भारतीय नभएर नेपाल माताको असल सपुत रहेको सपुष्टि गर्दछु । यसैकारण म ‘अनागरिक नेपाली बिकेश शाह’, जो जन्मसिद्घ नागरिकता प्राप्त नेपाली पिता (नागरिक¬¬) र आमाविहीन सन्तान हो, मैले ‘वंशज नागरिकता’ पाउँनैपर्छ । म अनागरकिलाई शीघ्र वंशज नागरिकता प्रदान गरेर ‘नेपाली नागरिक’ बनाइयोस् ।
१,४७,१८१ वर्ग किलोमिटर क्षेत्र भएको मेरो सानो चिकिक्क परेको, प्यारो र सदैव लालीगुरास मुस्कान मुस्कुराइरहने आफ्नै देश नेपालमा अनागरिक भएर बाँच्दा बहुत कष्टदायक हँुदोरहेछ । आफ्नै देशको माटोमा सदैव तटस्थ र स्थिर रहिरहेको विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथासँगै रमाएको आफ्नै सपुतलाई देशले अनागरिकको पगरी गुथिँइदिदा मनमा बहुत बहुत चोट लाग्दोरहेछ । के हामी बुद्घका सन्तान पनि अनागरिका हौँ ? के हामी सीताका सन्तती पनि अनागरिक हौँ ? के हामी नेपाल आमाका सन्तान पनि ‘अनागरिक नेपाली’ हौँ ? के म नेपाल माताकै छोरो बिकेश शाह अनागरिक नेपाली हुँ ? के हो ???
हाम्रो आफ्नै घर इटहरीमा छ । मेरा बुबासँग हाम्रो घरको जग्गाको सम्पूर्ण कागजपत्रहरू पनि छन् । हाम्रो घर सक्कली नै हो र मेरा बुबासँग भएका घरजग्गाका सबैसबै कागजातहरू पनि सक्कली नै हुन् । मेरो नेपाली जन्मदर्ता भारतको कुनै चोर बजारमा किनिएको होइन न त मेरा सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू दिल्लीको चोर बजारमा किनिएको हो । मेरो नेपाली जन्मदर्ताको प्रमाणपत्र, मेरा सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू सबैसबै सक्कली हुन् ।
नेपाली नागरिकता प्राप्त गर्न निजको उमेर १६ वर्ष पुगेकै हुनुपर्छ भन्ने कुरा नेपालको संविधानमा प्रस्टसँग उल्लिखित गरिएको छ । र, १८ वर्ष पुगेपछि नेपाली नागरिकले भोट दिन पाउँने अधिकार पनि संविधानमा उल्लिखित छ ।
जन्मसिद्घ नागरिकता प्राप्त नेपाली नागरिकको सन्तान, म ‘अनागरिक बिकेश शाह’ अहिले २० वर्ष पुगेर २१ तर्फ कुदिरहेको छु । मसँग नेपाली जन्मदर्ताको सक्कली प्रमाणपत्र, कक्षा १२ सम्मका सम्पूर्ण सक्कली शैक्षिक प्रमाणपत्रहरू, बुबाको घरजग्गाका सम्पूर्ण सक्कली कागजपत्रहरू, बसाइँसराइँको सक्कली कागजपत्र, कान प्रस्टसँग देखिने पि.पि साइजका फोटाहरू, हस्ताक्षर र औँठा छाप लगाउँनसक्ने हात र औँलाहरू साथसाथै नेपाली नागरिकता प्राप्त गर्न चाहिने आवश्यक सम्पूर्ण कागजपत्र तथा प्रमाणपत्रहरू छन् । परन्तु, मैले नेपाली वंशज नागरिकता अहिलेसम्म पनि पाएकोे छैन । म अनागरिक भएर आफ्नै देशमा बाँचिरहेको छु । देशविहीन भएर बाँचिरहेको छु । म नेपाली हुँ, कोहीँ राष्ट्रघाती, देशविरोधी अथवा देशद्रोही हैन !
मेरो एस.एल.सी सकिनेबित्तिकै म बुबासँग आफ्नो नागरिकता लिन भनेर इटहरी नगरपालिको कार्यालयमा पुगेको थिएँ । परन्तु, म रित्तै निराश भएर फर्किएँ । ‘संविधानले जन्मसिद्घ नागरिकता प्राप्त नेपाली नागरिकका सन्तानलाई वंशज नागरिकता नदिन भनिएको छ । त्यसैले पछि संविधानले नागरिकता खुलायो भने लिन आउँनू ।’, त्यहीबखत नगरपालिकाको एक कर्मचारीले यसो भनेको मेरो दिमागी भूमिमा अहिले पनि रहिरहेको छ । पछि कक्षा १२ सकिए उपरान्त, फेरिपनि म बुबासँग इटहरी उप–महानगरपालिकामा अवस्थित वडा कार्यालयमा पुगेँ । परन्तु, योपालि पनि त्यहाँका कार्यरत सचिवबाट उस्तै निराशापूर्ण जबाफ आयो । पुनः घोर निराशाको चक्रव्यूहमा अल्झेर म र बुबा घर फर्कियौँ निराश निराश । यो बेलासम्म जीवनको गाडी कुदिसक्दा, आफूले नागरिकता नपाएको थाहा थियो । परन्तु के हेतु आफूले नागरिकता नपाएको भन्ने कृुराचाहिँ मेरो कलिलो दिमागलाई अवगत थिएन । जन्मसिद्घ नागरिकता के हो ? वंशज नागरिकता के हो ? अङ्गीकृत नागरिकता के हो ? कुन नागरिकता कसले कसरी प्राप्त गर्छन् ? आदि आदि इत्यादि कुनै कुरा पनि मलाई यो अवस्थासम्म ज्ञात थिएन । अर्थात्, कक्षा १२ पास गरिसक्दासम्म म नेपाली नागरिकता बारे अज्ञानी नै थिएँ ।
बिस्तारै मैले नागरिकता बारे लेखहरू, संविधानमा नागरिकताको कुरा आदि आदिको अध्ययन गर्न थालेँ । नागरिकता बारे जान्नेबुझ्नेहरूलाई विविध कुराहरू सोध्न थालेँ । यसरी नै मलाई थाहा भयो कि मेरो बुबाको नागरिकता जन्मसिद्घ नेपाली नागरिकता हो र मैले अब पाउँनुपर्ने नागरिकताचाहिँ वंशज नेपाली नागरिकता हो । र यो पनि थाहा भयो कि मैलै पाउँनुपर्ने नागरिकताको प्रक्रिया बारे वषौँवर्षदेखि संसदमा छलफल चलिरहेको छ ।
संसद र सरकारको छलफलपछिको सकारात्मक र हितकारी निर्णय दिगो हुनुपर्ने हो । परन्तु, हाम्रो देशमा छलफल नै लामो न लामो र दिगो भइरहेको छ भने सकारात्मक र हितकारी निर्णय भने पशुपति आर्यघाटमै विलीन भइरहेको छ । अर्थात् शून्य हितकारी र राष्ट्रवादी निर्णय भइरहेका छन् जुन लज्जाजनक र हाँस्यास्पद सरकारी कदम हो ।
लामो समयदेखि ‘नेपाल नागरिकता ऐन’ संसदमा विचाराधीन र छलफलको निम्ति थन्क्याइएको छ जसबारे न कुनै छलफल भइरहेको छ भने न त यसबारे कुनै कुरा नै सरकार र संसद पक्षबाट आइरहेको छ । नेपाल नागरिकता ऐन त्यसै संसदमा सारहीन वस्तुसरह थन्किएको छ ।
मैले गरिरहेको कुरा, जन्मसिद्घ नागरिकता प्राप्त नेपाली नागरिकका सन्तानले पाउँनुपर्ने वंशज नेपाली नागरिकता बुझिइयोस् । मैले अङ्गीकृत अथवा विदेशी नागरिकका सन्तानले वंशज नेपाली नागरिकता पाउँनुपर्छ भनेर भनेको छैन न त कुनै भारतीय नागरिकले वंशज नागरिकता पाउँनुुपर्छ भनेर नै भनेको छु । भारतीय र अन्य विदेशी मुलुककाहरूलाई वंशज नागरिकता प्रदान गर्नु राष्ट्रघातक नै हो र यसले कालान्तरमा भीषण रूप पनि ग्रहण गर्नसक्दछ जसको प्रत्यक्ष प्रतिकूल असर नेपाल र नेपालीहरूलाई पर्नेछ । परन्तु, जन्मसिद्घ नेपाली नागरिककै सन्तानलाई वंशज नागरिकता प्रदान गर्नु कसैगरी पनि राष्ट्रघातक, देशविरोधी र देशद्रोही होइन । हामीलाई देशभक्ति भन्ने कुराको गहनता थाहा छ । हामी देशविरोधीहरूलाई मार्छौँ परन्तु, हामी कदापि आफ्नै नेपाल आमासँग गद्दारी गर्दैनौँ । कदापि गर्न पनि सक्दैनौँ ।
यही चैत्र १९ गते, मंगलबार गृहमन्त्री रामबहादर थापा ‘बादल’ले एकात्मक निर्णय गर्दै परिपत्र जारीगरी ७७ वटा जिल्लाकै जिल्ला प्रशासन कार्यालयमा जन्मसिद्घ नागरिकता प्राप्त नेपाली नागरिकका सन्तानलाई आवश्यक सबैकुरा भएमा वंशज नेपाली नागरिकता प्रदान गर्न भनी भनेका थिएँ । यो निर्णयपछि केहीँ जन्मसिद्घ नागरिकका सन्तानले वंशज नागरिकता पनि पाए । गृहमन्त्री थापाजस्तो सरकार पक्षकै महत्वपूर्ण व्यक्तिले त्यसरी एकात्मक निर्णय गर्नु नराम्रो हो । गृहमन्त्रीले सरकार र सर्वोच्च अदालतसँग यस विषयमा गहन छलफल गरेर सहमति, सहकार्य र समझदारीमा गएर निर्णय गर्नुपथ्र्याे । परन्तु, अर्को कोणबाट हेर्ने हो भने नेपालमा आजसम्म कदापि सजिलै कुनै छलफल र सहमति भएकै छैन । यो अवस्थामा गृहमन्त्री थापाको निर्णय नितान्त ठीक छ ।
गृहमन्त्रीको एकात्मक निर्णय संविधान र नेपाल नागरिकता ऐनविरुद्घ रहेको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए जसको सुनुवाईपछि सर्वोच्चका न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो ।
चैत्र १९ गतेबाट जन्मसिद्घ नागरिकका सन्तानलाई प्रदान गरिएको वंशज नेपाली नागरिकता त्यसको ६ दिनपछि नै चैत्र २५ गते सोमबारको दिन सर्वोच्चको अन्तरिम आदेशबमोजिम रोकियो ।
यो ६ दिनको समयमा हाम्रो वडा कार्यालयका सबैजना भ्रमणमा गएका कारण, योपल्ट पनि मैले नागरिकता पाइनँ । र, अनागरिक भइनै रहेँ ।
यो समस्या फगत बिकेश शाहको होइन । म त केवल यो समस्याको एक दृष्टान्त हुँ । यो समस्या बिकेश शाहहरूको हो । यो समस्या नेपालका तराई, हिमाल र पहाडमा बरिरहेका लाखौँलाख युवाहरूको हो जो आफ्नै देशमा अनागरिक भएर बाँचिरहेका छन् । नागरिकता नभएर लाखौँ युवाहरू बेरोजगार भएका छन् । लाखौँ युवाहरू उच्च शिक्षाको निम्ति बाहिरी मुलुक जान नपाएर अलपत्र परेका छन् । वैदेशिक रोजगारमा जान पाएका छैनन् । बैङ्कसम्बन्धि गतिविधिहरू गर्न पाएका छैनन् भने न त लाइसेन्स र अत्यावश्यक कुराहरू नै केही गर्न पाएका छन् ।
आफ्नै देशले नै लाखौँ युवाहरू जो भोलिका देशका भविष्यहरू हुन्, सबैसबैलाई निकम्मा र उद्देश्यहीन बनाइरहेको छ । यसरी हेर्दा, आफ्नै देशले नेपालीहरूलाई नै बारम्बार बलात्कार गरिरहेको छ । र, बलात्कारीलाई …… दे !
यसै नागरिकता समस्यालाई बुझेका विमल गौतम भन्छन्, ‘एउटा सशक्त आवाज हो यो । यो विशेषतः मधेसमा भएको गम्भीर समस्या हो । अनि जसले मधेसलाई बुझ्न बुझ पचाएका छन्, तिनीहरूले नागरिकताको विषयलाई अनावश्यक उचालिरहेका छन् । मैले बुझेको सर्कलमा पनि यो समस्या छ । यही जन्मियो, हुर्कियो र ठूलो भयो, बाबु व्यावसाय गरेर बसे । नागरिकतासम्बन्धि चेतना थिएन, बनाएनन् । अब छोराछोरीलाई काम गर्न नागरिकता चाहियो, विदेश जान चाहियो । नागरिकता पाएका छैनन्, यो समस्या कसले र कहिले बुझ्ने ? फेरि नागरिकता बनाउँन गए, कर्मचारीले, लाख दिए नागरिकता बन्छ नभए कानुनले मिल्दैन भन्छन् । अनि यी युवाहरूले देशको विषयमा के सोच्नू ? राज्य सञ्चालकलाई कहिले यो चेत घुस्ने हो ?’
यो देशप्रति कहिल्यै गर्व लागेन त्यसै भनिएको होइन रहेछ भनेर रूप रसाइली विश्वकर्मा देश र सत्ताधारीहरूप्रतिको घोर आशक्ति व्यक्त गर्छन् । वसिम आलम तीखो टिप्पणी दिदै भन्छन्, ‘नागरिकताको विषयमा चर्चा पाउँनको लागि बोल्नेहरूलाई बुझेर बोल्न आग्रह । हामीले पनि नेपालीलाई नागरिकता देऊ भनिरहेका छौँ । विदेशीलाई होइन । पीडित युवाहरूको पीडा अरूलाई के थाहा छ ! स्मरण रहोस्, नेपालमा फेरि यसैको लागि आन्दोलन भयो भने सहमतिको नाममा रेड कार्पेट ओछ्र्याएर नागरिकता वितरण गर्नुको विकल्प हुनेछैन । जन्मसिद्घ नागरिकका सन्तानलाई नागरिकता दिन यति कन्जुस्याइँ किन ? सक्छौँ भने २०६३ नागरिकता ऐन खारेजी गर, हैन भने नेपालको कानुनअनुसार उमेर पुगेकालाई सहजरूपमा नागरिकता दिइयोस् । नेपालमा बसोबास गर्ने लाखौँलाख युवाहरूको भविष्यसँग खेलवाड नहोस् ।’
मान्छेले आफ्नो देश लेख्छ । देशभित्रमा मानिसहरू लेख्छ । मानिसभित्रका मानिसहरू र मानिसभित्रका भाषाहरू लेख्छ । मान्छेले देशको रूप लेख्छ । सौन्दर्य लेख्छ । हिमाल, पहाड र तराई लेख्छ । गुरास र सयपत्री लेख्छ । मान्छेले देशभित्रका देशहरू लेख्छ । त्यहाँको इन्द्रेणी, हाँसो र रोदनहरू लेख्छ । मान्छेले ‘मान्छे’ लेख्छ । मान्छेले निजलाई लेख्छ । मान्छेले आफ्नो देश लेख्छ । परन्तु, ‘अनागरिक’ले के लेख्छ ? अनागरिकको त देश नै हुँदैन । ऊ ‘देशहीन’ हुन्छ ।
मान्छेले ‘अधिकार’ पाएन भने महाभारत युद्घ सुरु हुन्छ । मानिसलाई नै टुक्राइसकेको अवस्थामा देश टुक्रिनु कुनै ठूलो कुरो होइन । मानिसहरूको एकीकरण भएमा मात्र देश ‘एक’ बन्छ नत्र देशैदेशै बन्छ । जसरी महाभारतमा दूर्योधनलाई हस्तिनापुरको घमण्ड थियो । र, पछि हस्तिनापुर टुक्रिएर दुई भाग भयो र दूर्याेधनको अहंकार र मतिहीनताको उपजको रूपमा १८ दिने कुरूक्षेत्र युद्घ भयो र सबैकुरा तहसनहस भयो, त्यसैगरी नेपाली अनागरिकहरूले पनि अधिकार र समानताको पक्षमा युद्घ गर्न थाले भने देशको अवस्था के हुनेछ ? परन्तु, हामीलाई बुद्घका पञ्चशीला थाहा छ र हामी संयम भएर बसेका छौँ । याद रहोस्, पानी धेरै उम्लियो भने पोखिनु पानीको गल्ती होइन ।
अन्ततोगत्वा, सम्माननीय सरकार, सम्माननीय सर्वोच्च अदालत र सम्माननीय संसद तथा संविधानलाई भित्री हृदयबाट हामी जन्मसिद्घ नागरिकता प्राप्त नेपाली नागरिकका सन्तानलाई आवश्यक सम्पूर्ण चिजहरू भएको खण्डमा वंशज नेपाली नागरिकता प्रदान गरेर हामी अनागरिकलाई, म अनागरिकलाई नागरिक बन्ने मौका दिनुहुन सादर बिन्ती गर्दछु । प्रणाम !
जय ब्रम्हाण्ड !

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार
समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

by माधव पोख्रेल
अशोज १०, २०८३
0

उदयपुर : उदयपुरको कर्णाली भनेर चिनिएको कोशी किनारको गाउँपालिका लिम्चुङबुङले आफ्नो पालिकाका लागि शिक्षामा सीप पाठ्यक्रम मार्ग दर्शन ४—१२ र...

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म
FEATURE BREAKING

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

धेरै नेपाली युवाका लागि शिक्षा आत्मविश्वास, महत्वाकांक्षा वा स्पष्ट भविष्यको सपनाबाट सुरु हुँदैन । बरु, यसको सुरुवात डर र थकानबाट...

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

कोशी प्रदेशमा सिमसार पर्यटन

अशोज १०, २०८३
सोलुखुम्बुको खुम्बु क्षेत्रमा परेको हिमपात (तस्बिरहरू)

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.