इटहरी : इटहरीमा क्रिकेट ब्याटल हुने भएको छ ।
बिहीबार इटहरीमा पत्रकार सम्मेलन आयोजक मारवाडी युवा मञ्चले प्रतियोगिताबारे जानकारी दिएको हो ।
आयोजकका अनुसार चैत १२ गते (शनिबार) इटहरीस्थित डिभीएम स्कुलको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
बिहान ७ बजे उद्घाटन हुने प्रतियोगितामा बिर्तामोड, विराटनगर, धरान र दुहबीबाट ८ वटा टिम सहभागी हुनेछन् ।
प्रत्येक टीमले केवल ६–६ ओभर बलिङ्ग तथा ब्याटिङ्ग गर्नेछन् । बिजेता तथा दोस्रो स्थानमा आउने टिमलाई आयोजकको तर्फबाट ट्रफी, मेडल, सर्टिफिकेट प्रदान गरिने आयोजकले जनाएको छ ।













Discussion about this post