Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home ब्लग

प्रगतिको बाधक : भोलिवाद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in ब्लग, विचार, विविध
0
प्रगतिको बाधक : भोलिवाद
417
SHARES
Share on FacebookShare on Twitter

रीता ताम्राकार
यदाकदा सुनिन्छ, यस्ता वाक्य बोलेको – ‘त्यो फलाना कम्तीको स्वार्थी र महत्वाकांक्षी छ र !’ साथीले साथीको निम्ती, छिमेकीले छिमेकीको निम्ती, आफन्तले आफन्तकै निम्ती र अझ कहिले कसो त आफ्नाले आफ्नाकै निम्ती ।
स्वार्थी र महत्वाकांक्षीको अर्थ, भाव र परिभाषा बेग्लै ! कुनै पनि दृष्टी अथवा कोणबाट मान्छे स्वार्थी हुनु पक्कै नराम्रो ! तर अरुलाई नपोली, नाबिजाई, नघचेटी, नदुखाई, नाचिमोटी महत्वाकांक्षी हुनु नराम्रो होईन । जीवनमा केहि गर्न, केहि बन्न मानिसले लक्ष्य र महत्वाकांक्षा राख्नु जरुरी हुन्छ । तर लक्ष्य र महत्वाकांक्षा राखेर अघि बढ्ने मानिसमा यदि आफूले गर्ने कामप्रति ईमान्दारिता, कर्तव्यबोध र दायित्वबोध छैन भने त्यो लक्ष्य र महत्वाकांक्षा मर्न कति समय पनि लाग्दैन ।
भण्डारीजी एक व्यापारी हुन् । उनको महत्वकांक्षा छ सहरकै ठूला र चर्चित व्यवसायी बन्ने । निक्कै उत्साहले खोलेका हुन् पसल पनि ! केहि दिन जाँगर पनि चलाए । त्यसपछि बिस्तारै सुरु भयो उनको स्वभाव भोलिवाद ! दोकानमा सामान थप्नु पर्ने, भोलि ! सामान लथालिंग छ मिलाउनु पर्ने, भोलि ! ट्रान्सपोर्टमा सामान आईपुगेको छ बुझ्न जानु पर्ने, भोलि ! आज पसल खोल्न ढिला भयो, भोलि देखि समयमा ! आज कामदारको भरमा दोकान चलोस्, आफु जाने भोलि देखि ! भण्डारीजीको यो अल्छीपना र लापरवाहीपनाको नतिजा, केहि महिना पश्चात उनको व्यापार व्यवसाय चौपट ! अनि थाप्लोमा हात नराखी भयो र ?
आज गर्नु पर्ने काम भोलिलाई सार्ने प्रवृति कतिपय मानिसमा हुन्छ । सायद तपाईंमा पनि छ र ममा पनि छ वा नहुन पनि सक्छ । यो प्रवृतिको रोग लागेको मान्छेले आफ्नो समय, मेहनत, दक्षता, क्षमता र भविष्य बरबाद पारी रहेका हुन्छन् । भोलिको निम्ति काम साँच्ने मानिसहरु अक्सर हरेक कुरामा पछी पर्छन्, असफल त हुन्छन् नै, संगसंगै आफ्नो भाग्यलाई दोषी रहेका हुन्छन् ! आफ्नै निम्ति समस्या र आपत् निम्त्याई रहेका हुन्छन््र आफ्नै छवि समाजमा अल्छे र निकम्मा बनाई रहेका हुन्छन् ।
आमाको गर्भमा रहंदा देखि नै क्रियाशिल र संघर्षरत रहनु पर्छ मानिसले । धर्तीटेक्न आमाले मात्र होईन बच्चाले पनि संघर्ष गर्नु नै पर्छ बाहिर आउन! बाहिर आएपछि जीवन यात्रा कोसिंढी चढ्ने क्रममा सफलता प्राप्त गर्न र भविष्य सुख, सुमधुर, र सुदृढ बनाउन क्रियाशिल अनि संघर्ष्िशल रहनु पर्छ । मानिस निरन्तर संघर्ष गर्दै सफफलताको चुचुरो टेक्न आकांक्षाको उकालो चढी रहेका हुन्छन् । को चाहँदैन सफलताको ढकमक्क फूल उसको सुन्दर सपनामा फुलोस् ! त्यसको सुवासले घर आँगनसंगै जीवन मगमगाओस् !
मानिसको प्राकृतिक स्वभाव हुन्छ । प्राप्तीमा आल्हादित उमंगित हुनु र अप्राप्तीमा निराश दुःखी हुनु, जीवनमा सफलताको निम्ति संघर्षको लडाईं, कहिले तानेर नसकिने द्रौपतीको साडी जस्तै हो । सफलताको निम्ति संघर्ष र संघर्षको निम्ति सुरुवात आज र अहिल्यै ! किन भोलिवाद बनेर भोलि ?
थापा भाइ अत्यन्तै महत्वाकांक्षी युवक उनलाई भविष्यमा सफल ईन्जिनियर संगसंगै बन्नु छ चर्चित गायक उनी प्रतिभाशाली पनि छन् । अभिभावकको ईच्छा आकांक्षाको मलजल पाएर बच्चैबेला सोलो एल्बम पनि निस्क्यो । जिल्ला स्तरीय देखि राष्ट्रिय स्तरका पुरस्कार पनि पाए । पढाईमा पनि सदैव प्रथम स्थानमा नै रहे । यो सम्भव त्यतिबेला सम्म मात्र सम्भव रह्यो, जतिबेला सम्म उनी केटाकेटी रहे र उनको भोलिलाई अभिभावकले आज र अहिले बनाई रहे । तर, अहिले आफ्नो स्वभाव अनुशार भोलीवाद बनेका छन् । रियाज भोलिदेखि, संगीत कक्षा जाने भोलिदेखि, तातोपानीले गारगोल गर्ने भोलिदेखि, कोचिङ जाने भोलिदेखि, नोट बनाउने भोलिदेखि, दैनिक कार्यतालिका को रुटिङ लागु गर्ने भोलिदेखि !
परिणाम, एउटा सफल जीवन र सफलताका उच्च महत्वाकांक्षा राखेका युवाको निम्ति यो भोलिवाद कति घातक हुन्छ भन्ने कुरा उनका छिमेकीले प्रमाण गरि दिए । जो ऊ भन्दा पढ्नमा कमजोर र स्वरमा मिठास नभएका थिए । तर उसले थापाभाइले सजाएका सपना सजिलै पुरा गरे , थापाभाइ त्यो हेरेर कुण्ठामा जलिरहे ! छिमेकी युवाको आज र अहिलेको सिद्दान्त, उनको भोलि भन्ने बानी ! उनले पनि काम साँच्ने र भोलि भन्ने बानीमा सुधार ल्याएमा छिमेकीको भन्दा तीव्रगतिमा उच्च सफलता लेउनलाई पक्कै स्वागत गर्ने छ ।
आफुलाई बदल्नु र सुधार्नु मानिसले आफैंभित्र आफैंसँग युद्द गर्नु पर्छ । युद्दमा अरुलाई जित्नुभन्दा आफूलाई जित्नु मानिसको असली जित हो । काम साँच्ने र भोलि भन्ने मानिसले बुझ्नु जरुरी हुन्छ । कुनै पनि सफल व्यक्तिले अल्छीपना र लापरवाहीपनाले सफलता प्राप्त गरेको हुँदैन । उनीहरुले पनि अनेक कुण्ठा, असफलता, हताश, निराश र वैरागका क्षण भोगेका हुन्छन् । र पनि थालेको कामलाई अधुरो अपुरो छोड्दैनन्, निरन्तर लागि रहन्छन् र अन्त्यमा सफलता पाउँछन् । उनीहरु असफलताबाट हडबडाउंदैनन्, पछी हटदैनन् र कहिले भोलि पनि भन्दैनन् ।
भोलिवाद सँगसंगै मानिसमा अर्को एउटा मुड नभएको बहाना पनि प्रशस्त हुन्छ ्र यो बहाना गर्ने प्रवृतिका मानिस पनि सहि समयमा काम सुरु गर्न पछि पर्छन् मानिसले चाहे जे पनि गर्न सक्छ मात्र आत्मविश्वास र मनोबल प्रगाढ हुनु पर्छ । कठीन जरुर हुन्छ, तर प्रयास गरे असम्भव हुँदैन्र आफ्नो जिन्दगीमा आज र अहिले शब्द नै नहुने भोलिवादी मान्छेलाई चाहिं आफ्नो बानी सुधार्न निक्कै कठीन हुन्छ ।
एउटा रोचक उदाहरण ! श्रीमती महर्जन शिक्षित, बौद्दिक र सम्पन्न रुपवती महिला हुन् । उनका श्रीमान् व्यापारको सिलसिलामा प्रायजसो घरबाट बाहिर नै हुन्छन् । घरमा साँझ बिहान काम गर्ने मान्छे राखेकी छिन् । उनको प्रमुख काम आफ्ना नानीहरुको हेरचाह, रेखदेख संगसंगै उनीहरुको पढाई हेर्नु हो । सबैकुरा त ठिकै छ, उनलाई केहि समय अघि हिन्दी टेली सिरियलको नमिठो लत थियो । सिरियल हेर्न थालेपछि उनी दायाँ बायाँ अगाडी पछाडी सबै बिर्सि्न्थिन् । आफ्नो बानीले उनले पटकपटक झपर्याईं पनि खान्थिन् । हरेक पटकको झपर्याईंमा उनी मनमनै संकल्प गर्थिन् भोलिदेखि त एउटा निश्चित समयमा मात्र हेर्छु भनेर । तर बिचरीको अगाडि त्यो भोलि सधैं आज बनेर आई रह्यो । साथीसंगीले निम्त्याएको ठाउँमा होस्, आफन्तसँगको भेटघाट होस्वा होस् आफ्नैलाई दिन पर्ने समय ! तर भोलि आई दिएन उसको अगाडि, परिणाम साथीसंगी, आफन्त र आफ्नै पनि टाढिन थाले उनीसंग ! उनी कहिलेकसो त आफुलाई निक्कै एक्लो महशुस गरेर उदाश निरास बन्छिन््र तर आफ्नो कमजोरी पक्ष आजै सुधारेर भोलिवाद देखि पन्छन सक्दिनन् उनी !
यो पंक्तिकारको अत्यन्तै घनिष्ठ निकतम मित्र छिन् बहुप्रतीभाशाली ! जागिर खान्छिन् राम्रो ठाउँमा र राम्रो पदमा ! गृहस्थी त सम्हाल्छिन्नै, सँगसँगै साहित्यमा समर्पित प्रखर लेखक पनि । एउटा लेखकमा सिर्जनशीलता भन्दा कयौं गुणा बढी अध्यनशीलता हुनु जरुरी छ । उनीले समाजमा मात्र नभई देशमा नै आफ्नो अलग पहिचान बनाई सकेकी छिन् । भाग्य भनौं कि दुर्भाग्य, विडम्बना भनौं कि नियती ! उनलाई बिस्तारै बिस्तारै सामाजिक संजाल, ईमो र च्याटिङले यस्तो नमज्जासंग गाँज्यो कि, ऊ आफ्नो अधिकांश समय ईन्टरनेटमा खर्चि्न्छिन् आफ्नो समय बरबाद भयो भन्ने हेक्का नभएको होईन उनलाई्र बेलाबेला नेटमा झुण्डिएर दुरुपयोग भएको समय सम्झदा आफ्नै गालामा पाँच औंलाको छाप लगाउन मन हुन्छ उनलाई । खाली र फुर्सदको समयमा मात्र होईन । बिहान सखारै होस् न् साँझको गोधुली, दिनको कुनै प्रहर होस् न् अबेला रातको समय । जतिबेला पनि उनलाई सामाजिक संजालभित्र पसुँ पसुँ लाग्छ । एक किसिमको नशा जस्तै ! यतिसम्म उनी आफुलाई कन्ट्रोल गर्न सक्दिनन् कि, कुनै सिर्जना रचिरहेको समय होस् वा कुनै गहन विषय अध्यनको बेला होस् । स्वत ः स्फूर्त उसको मन मस्तिष्क सँगसंगै औंलाहरू कुनै सम्मोहित बस्तु जस्तै तानिएर नेटमा मग्न हुन पुग्छ । आफ्नो कमजोरीपनाको स्पस्ट ज्ञाता छिन् उनी्र रोकिनु पर्छ, सम्हालिनु पर्छ भन्ने पनि अवचेतनले भनि रहन्छ उनलाई तर …. तर उही भोलिवाद !
उनी पनि भाका माथि भाका लगाउँछिन् । भोलिदेखि त पक्का, धरोधर्म म यसो गर्दिन । मनभित्रै बाचा गर्छिन्, कसम खान्छिन्, प्रतीज्ञा गर्छिन् तर कहिले आउँदैन उनको पनि भोलि ! प्रत्येक भोलि आजमा रुपान्तरण भएर उनलाई जिती रहन्छ । र लाचारीमा ऊनी म्यासेजमालेख्छिन् साथीलाई ‘कति झुण्डिएकी नेटमा भनेर गाली गरन मलाई म त ध्वस्त भए यो सामाजिक संजालको लतले ! पढ्ने लेख्ने समय सबै खायो यसैले । लौ न ! गाली गरेर सुधार मलाई !’ अत्यन्तै रमाईलो कुरा उताबाट म्यासेज आउँछ ‘कसरी गाली गर्नु तिमीलाई, मेरो हाल तिम्रो भन्दा एक्काईस नै छ बिस छैन ! म पनि त भोलि देखि पक्का सुध्रिन्छु, एउटा निश्चित टाईममा मात्र गर्छु भन्छु त्यो भोलि त सधैं आज नै भएर आउँछ ! भोलि त हुँदै हुँदैन ! ‘वाह रे ! भोलिपल्ट सधैं आज बन्न पुग्ने भोलि ! तिमीले कसैलाई बाँकी राखेनौ नि !
मान्छे प्राणी जगतको सबैभन्दा चेतनशील, संवेदनशील प्राणी भएको नाताले आफ्नो आनीबानी, नियत, व्यवहार र दैनिक क्रियाकलापको मुल्यांकन गर्न जरुरी हुन्छ । कुनै पनि काम भोलि भन्नुभन्दा र अहिले मुड छैन भन्नुभन्दा पहिले त्यसबाट हुने हानी नोक्सानी र फाईदाको बारेमा सोच्नु, बिचार्नु र अनुमान लगाउनु जरुरी हुन्छ । जस्तै, प्रतिभावान र दक्ष व्यक्ति पनि भोलिवाद र मुडको बानीले जीवनयात्राको दौडमा पछी पर्न सक्छ । यस्तो हुन् नदिन आफ्नो ईच्छाशक्ति र आत्मबललाई दृढ बनाएर आज र अहिले भन्ने सिद्दान्त आफ्नो दैनिकीमा लागु गर्नु पर्छ ।
ईच्छाशक्ति दृढ राख्न आफूले पाएको सानोतिनो सफलतालाई, खुशीलाई सकारात्मक भावले पटकपटक मनमा सम्झीरहनु पर्छ । त्यो सफलतामा पाएको आनन्दित तरंग आ–आफूभित्र महसुस गरिरहनु पर्छ । हामी अधिकांशको बानी हुन्छ उपलब्धी र सफलतालाई देख्न पर्ने साईज भन्दा सानो देख्छौ, तर आफ्नो असफलता र समस्यालाई अदृश्य आँखामा लागेको दुरबिनले हेरेर ठूलो देख्छौ । यस्तो बानीले हामीभित्रको हिम्मत र साहसलाई परास्त पार्छ, अनि हामीभित्रको मनोबल आत्मविश्वास उत्साह मार्छ । त्यसपछि हामी भोलिवाद र मुड नभएको बहानाको ओत पस्छौँ । जसले गर्दा हामी हाम्रै भाग्यलाई हुत्याएर टाढा पु¥याउंछौं । जुन हाम्रो निम्ति घातक छ, भयावह छ ।
सकिन्छ भने तपाईंले मात्र होईन, मैले मात्र होईन, हामी सबैले भोलिवाद र मुड नभएको बहाना लगाउन छोडौं र भनौं हरेक कामको शुभ साईत हो आज र अहिले !

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

by रासस
साउन २६, २०८३
0

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच जना घाइते

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    442 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.