झापा : झापाको मेचीनगर नगरपालिका ७ स्थित अरनिको माध्यमिक विद्यालयका प्रिन्सिपल अग्नि घिमिरेले यौन दुर्व्यवहार गरेको खुलासा भएपछि राजीनामा दिएर फरार भएका छन् ।
घिमिरेले घटना सार्वजनिक भएपछि कारबाही हुने डरले पद र पैसाबाटै राजीनामा दिएर फरार भएका हुन् ।
पीडित महिला शिक्षिकालाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक विरुद्ध प्रहरीमा उजुरी नगर्न चौतर्फी दबाब समेत परेको छ ।
महिला शिक्षकलाई मानसिक तनाव दिएर उजुरी गर्नबाट रोक्न प्रअ घिमिरेलाई भगाइएको बुझिएको छ ।
विद्यालयकी महिला शिक्षिकका अनुसार घिमिरेले लामो समयदेखि यौन हिंसा गर्ने गरेको खुलाएपछि घिमिरेले राजीनामा दिएर फरार भएको खुलेको छ ।
घिमिरेले लामो समयदेखि सहकर्मी महिला शिक्षकलाई यौन दुर्व्यवहार गर्दै आएका थिए । अत्याचार सहन नसकेपछि महिलाले घटना सार्वजनिक गरेकी हुन् ।
काम नहुँदा पनि विद्यालय बोलाउने, पठाउने, शैक्षिक भ्रमण जादा पिछा गर्ने, मोबाइलमा गलत आसयका म्यासेज पठाउने लगायत अनैतिक व्यवहार गरेपछि महिला शिक्षकले घटना सार्वजनिक गरेपनि उजुरी नगर्न दबाब दिइएको हो।
यो पनि – झापामा प्रिन्सिपलले सहकर्मी शिक्षिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा














Discussion about this post