Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रदेश १ को नाम टुंगो लगाउन सहमत भए कांग्रेस र एमाले

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०७९
in टाकुरा विशेष, समाचार
0
प्रदेश १ को नाम टुंगो लगाउन सहमत भए कांग्रेस र एमाले
618
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले चालू अधिवेशनबाटै नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको जानकारी दिए ।

‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, चालू अधिवेशनबाटै प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने सन्र्दभमा सहमति भएको छ,’ कोइरालाले टाकुरासँग भने, ‘एकपटक सदनमा छलफल हुनुपर्छ, नामको विषयमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने निचोडमा छौँ ।’

उनले नाम के राख्ने भन्ने सन्र्दभमा भने सदनबाटै पारित हुने बताए ।

कांग्रेस र एमालेको छलफलले दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएको एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक समेत रहेका हिक्मत कार्कीले बताए ।

उनका अनुसार नामकरणको टुंगो लगाउन कांग्रेस र एमाले सहमत भएकाले यसै अधिवेशनले नामकरण टुंगो लगाउनेछ ।
उनले भने, ‘संसदभित्रका सबै राजनीतिक दलहरूसँग र सरकारसँग पनि छलफल गर्न तयार छौँ, अहिले नाम टुंगो लगाउन कांग्रेस र एमाले सहमत भएको हो ।’

यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै एमालेले कार्यदल गठन गरेको थियो । कार्यदलमा कार्कीसहित जीवन घिमिरे, जगदिश कुसियत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।

प्रदेशसभामा कायम रहेका ९३ मध्ये नेकपा (माओवादी केन्द्र) का टंक आङबुहाङ एमालेमा प्रवेश गरेपछि माओवादीको कारबाहीको कारण उक्त पद रिक्त छ ।

यस्तै, स्थानीय तह निर्वाचनमा भाग लिन काजीमान कागते र गोपाल बुढाथोकीले राजीनामा दिएका छन् ।
९३ सांसद रहेको प्रदेश १ मा अहिले ९० मध्ये नामकरणका लागि ६१ सांसदको मत चाहिन्छ । अहिले एमालेका ३९, कांग्रेसका २१,

माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक सांसद छन् ।

नेपालको संविधानअनुसार प्रदेशसभाको राजधानी र नामकरणका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

Tags: #प्रदेश १टाकुरा विशेषनामकरणराजीव कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास
FEATURE BREAKING

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : आगलागीलगायत विपद्का घटनामा हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास...

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार
FEATURE BREAKING

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सुनसरीका दुई हस्ती उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस सुनसरीका दुई महत्त्वपूर्ण नेताका रुपमा...

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३
कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

अशोज २२, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३
कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३

लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.