धरान : सुनसरी उद्योग वाणिज्य संघको आज (सोमबार) भएको निर्वाचनमा २,२७८ मत खसेको छ ।
उवासंघ धरानको भवनमा भएको निर्वाचनमा कुल २,९७७ मतदातामा २,२७८ मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले जानकारी दिए ।
उनका अुनसार उद्योगतर्फ १,४००, वाणिज्यतर्फ ७८२, वस्तुगततर्फ १९ र एशोसियटतर्फ ७७ मत खसेको छ । नयाँ नेतृत्वको लागि आज निर्वाचन भएको हो ।
संघको एक जना अध्यक्ष, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भएको हो ।
अध्यक्षमा लोकतान्त्रिक पार्टीबाट विजय श्रेष्ठ, बाम गठबन्धनबाट शिवराज श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएका थिए ।
संघको ८ जना वाणिज्य सदस्य पदको लागि २१ जना उम्मेदवार छन् । ४ जना उद्योग सदस्यमा ८ जना, २ जना वस्तुगत सदस्यको लागि ५ जना र १ जना महिला वाणिज्य सदस्य पदमा २ जनाको उम्मेदवारी छन् ।
यसअघि एशोसिएटतर्फ ३ जना र उद्योग महिलातर्फ १ जना सर्वसम्मत निवार्चित भइसकेका छन् ।













Discussion about this post