इटहरी : सुनसरीको कोशी गाउँपालिका ४ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
आइतबार दिउँसो को २ त २१५८ नम्बरको ट्याक्टरले को २८ प ९३९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिका ४ की ५५ वर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक २५ वर्षीय जुमरात मिया घाइते भएका छन् । मृतक जयमुन र जुमरात आमाछोरा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घाइते जुमरातको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post