धरान : नेकपा एमालेले सुनसरी क्षेत्र नं. १ मा जयकुमार राईको एकल नाम सिफारिस गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राईको एकल नाम सिफारिस भएको हो । उनी वर्तमान सांसद छन् ।
धरानस्थित पार्टी कार्यालयमा सोमबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा राईलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको समन्वय समिति संयोजक मीनकुमार सुब्बाले जानकारी दिए ।
यस्तै, समानुपातिकतर्फ भने खम्बासिंह गुरुङ र नरमाया परियारको नाम सिफारिस गरिएको छ ।














Discussion about this post