Monday, October 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

१९ मुक्तककारद्वारा तीन–तीन मुक्तक वाचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८३
in कला साहित्य, समाचार
0
मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली साहित्यका आदिकवि तथा मुक्तक विधाका प्रवर्तक मोतीराम भट्टको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’ कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, कोसी प्रदेशको आयोजनामा आइतबार दुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिष्ठानकी अध्यक्ष मिश्रा गुरुङको अध्यक्षता तथा प्राज्ञ तथा विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मुक्तककार बाबुराम पोखरेल र कोसी प्रदेश सभा सदस्य मीना श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । कवि मनु मञ्जिल मुख्य श्रोताका रूपमा उपस्थित थिए ।

कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका संरक्षक सदस्य जीपी तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसपछि प्रतिष्ठानका सदस्य तथा साहित्यकार निरज कोइरालाले मोतीराम भट्टको साहित्यिक व्यक्तित्व, योगदान र नेपाली साहित्यमा उनले पुर्‍याएको योगदानबारे परिचर्चा गरेका थिए ।

कार्यक्रममा १९ जना मुक्तककारले तीन–तीन वटा मुक्तक वाचन गरेका थिए । मुक्तक वाचनमार्फत स्रष्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गर्नुका साथै नेपाली साहित्यमा मोतीराम भट्टको योगदानको स्मरण गरे । कार्यक्रममा समकालीन नेपाली मुक्तकको अवस्था, विकास र सम्भावनाबारे समेत साहित्यिक विमर्श भएको थियो ।

कार्यक्रममा अच्युत भट्टराई, अविराम क्रान्ति, एकराज भट्टराई, कविता केशरी, किरण टी लिम्बु, दिलिप राई सागर, नवराज नवशिला, परिक्रमा श्रेष्ठ, भरत बर्बरिक, मदन भण्डारी, मुना आत्रेय, युवराज ठकुरी, राज आशातीत, राधा भट्टराई, राधा सुवेदी, रोमु अधिकारी, विनोद विवश घिमिरे, सुविद गुरागाईं र हरि कट्टेल गरी २० जना मुक्तककारले तीन–तीन वटा मुक्तक वाचन गरेका थिए ।

मुक्तक वाचनमा सहभागी सबै १९ जना मुक्तककारलाई सगरमाथा साहित्य प्रतिष्ठान, कोसी प्रदेशले ‘मोती मुक्तक मिलन’ अंकित मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो ।

कार्यक्रमले मुक्तककार तथा साहित्यप्रेमीबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै नेपाली मुक्तक विधाको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानका सचिव अभिमन्यु अभिजितले सहजीकरण गरेको कार्यक्रम साहित्यिक स्रष्टा तथा साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न भएको थियो ।

Tags: सगरमाथा साहित्य प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
समाचार

उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८३
0

असोज १८ : उदयपुरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै स्थानबाट...

कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी
FEATURE BREAKING

कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

by माधव पोख्रेल
अशोज १८, २०८३
0

उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्...

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शनिबार कोशीमा एकैदिन भएका दुर्घटनामा बालिकासहित २७ जना घाइते

अशोज १८, २०८३
‘काव्य डबली–४’ : १५ जना  कविका सिर्जनामा रम्याे इटहरी

‘काव्य डबली–४’ : १५ जना कविका सिर्जनामा रम्याे इटहरी

अशोज १८, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

अनिश्चितकालीन स्थगनपछि कोशी प्रदेशसभा बैठक आह्वान

अशोज १८, २०८३
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

अशोज १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

अशोज १८, २०८३
उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

अशोज १८, २०८३
कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

अशोज १८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शनिबार कोशीमा एकैदिन भएका दुर्घटनामा बालिकासहित २७ जना घाइते

अशोज १८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    965 shares
    Share 386 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    627 shares
    Share 251 Tweet 157
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.