Monday, October 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

शनिबार कोशीमा एकैदिन भएका दुर्घटनामा बालिकासहित २७ जना घाइते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८३
in समाचार
0
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

साङ्केतिक तस्वीर

56
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका मोरङ, झापा र उदयपुर जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा बालिकासहित २७ जना घाइते भएका छन् । असोज १७ गते भएका दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ चुरिया जंगलस्थित सगरमाथा राजमार्गमा सिटी सफारी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा सात जना घाइते भएका छन् ।

गाईघाटबाट लहानतर्फ जाँदै गरेको सफारी दुर्घटनामा चालकसहित चार जनाको अवस्था सामान्य र तीन महिलाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, त्रियुगा नगरपालिका–११ बाबरानी मार्गमा मोटरसाइकलले बाटो काट्दै गरेकी ६ वर्षीया बालिकालाई ठक्कर दिएको छ । गम्भीर घाइते बालिकालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ ।

मोरङको विराटनगर महानगरपालिका–४ कदम चोकमा नम्बर नखुलेको सवारीसाधनले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक २९ वर्षीय दिपेन राई सामान्य घाइते भएका छन् भने पछाडि सवार उनकी ६३ वर्षीया आमा देविमाया राईको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने सवारीसाधन फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१९ घडी चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री देवराज भट्टराई, मोटरसाइकल चालक सन्तोष चौधरी र पछाडि सवार सागर चौधरी छन् । तीनै जनाको अवस्था सामान्य रहेको छ ।

मोरङकै सुन्दरहरैँचा नगरपालिका–१० खोर्साने चोकमा बसले कारलाई पछाडिबाट ठक्कर दिँदा मानवीय क्षति नभए पनि कार र बसमा सामान्य क्षति पुगेको छ । बुढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा मिनी ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालक चन्दनकुमार साह घाइते भएका छन् ।

कानेपोखरी गाउँपालिका–१ मा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा ६१ वर्षीय राजकुमार चौधरीको दाहिने खुट्टाको बूढीऔँला भाँचिएको छ । धनपालथान गाउँपालिका–४ मा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।

यसैगरी, विराटनगर महानगरपालिका–२ ढाटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना सामान्य घाइते भएका छन् ।

झापाको दमक नगरपालिका–३ दीपज्योतिमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा मोटरसाइकल चालक सञ्जल राई घाइते भएका छन् । अर्जुनधारा नगरपालिका–८ शनिश्चरे बजारमा सिटी सफारीले साइकलयात्रीलाई ठक्कर दिँदा साइकलमा पछाडि सवार ५४ वर्षीया लक्ष्मी विश्वकर्मा घाइते भएकी छन् ।

गौरादह नगरपालिका–९ मिलन चोकमा सिटी सफारी अनियन्त्रित हुँदा एक जना घाइते भएका छन् भने भद्रपुर नगरपालिका–४ फागो चोकमा स्कुटर अनियन्त्रित भई नालामा खस्दा चालक र उनका ११ वर्षीय छोरा घाइते भएका छन् । बिर्तामोड नगरपालिका–१० गरामनी चोकमा सिटी सफारी दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।

गौरादह नगरपालिका–८ प्रगति चोकमा स्कुटर, मोटरसाइकल र सिटी सफारी संलग्न दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई उपचारपछि डिस्चार्ज गरिएको र अन्य दुई जनालाई थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दमक नगरपालिका–३ डाकिनी चोकमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक घाइते भएका छन् । दुर्घटनाका बेला चालकले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा उल्लेख छ ।

प्रहरीका अनुसार तीव्र गति, लेन अनुशासन उल्लङ्घन, चालकसँग सवारीचालक अनुमतिपत्र नहुनु र बाटो काट्दा सावधानी नअपनाउनु दुर्घटनाका प्रमुख कारण देखिएका छन् । केही दुर्घटनामा संलग्न सवारीसाधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालक र सवारीसाधनको खोजी भइरहेको छ ।

Tags: काेशी प्रदेशदुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’
कला साहित्य

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८३
0

इटहरी : नेपाली साहित्यका आदिकवि तथा मुक्तक विधाका प्रवर्तक मोतीराम भट्टको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’ कार्यक्रम सम्पन्न भएको छ ।...

उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
समाचार

उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८३
0

असोज १८ : उदयपुरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै स्थानबाट...

कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

अशोज १८, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

अनिश्चितकालीन स्थगनपछि कोशी प्रदेशसभा बैठक आह्वान

अशोज १८, २०८३
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

अशोज १७, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा जेनजी सहिद परिवार र घाइतेको डिजिटल प्रोफाइल तयार गरिँदै

अशोज १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

अशोज १८, २०८३
उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

अशोज १८, २०८३
कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

कोशीका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी

अशोज १८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शनिबार कोशीमा एकैदिन भएका दुर्घटनामा बालिकासहित २७ जना घाइते

अशोज १८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    965 shares
    Share 386 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    628 shares
    Share 251 Tweet 157
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन