विराटनगर : जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी वरिष्ठ प्रहरी हवल्दार रवीन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राजकुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै ताप्लेजुङ र इलाम जिल्लामा कर्तव्य ज्यानजस्तो जघन्य अपराधको घटनामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरूलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना १ नम्बर प्रदेश भरीका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट छनौट गरी सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ ।














Discussion about this post