इटहरी : सुनसरीको क्षेत्र नं. २ को प्रदेशसभा (क) मा नेकपा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् ।
उनले इटहरीमा उपमहानगरपालिकाका पूर्व मेयर, माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन् ।
भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २ हजार ६८३ रहेको छ ।
यस्तै, राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरेभने कांग्रेसबाट असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र घिमिरेले ३ हजार २०८ मत प्राप्त गरे ।














Discussion about this post