इटहरी : प्रदेश १ मा नेकपा एमालेले प्रमुख सचेतकमा इटहरीका रेवतीरमण भण्डारीलाई चयन गरेको छ ।
सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका भण्डारीलाई एमाले संसदीय दलको बिहीबार बसेको बैठकले प्रमुख सचेतक चयन गरेको हो ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको बैठकले सबैको सहमतिमा भण्डारीलाई प्रमुख सचेतक चयन गरेको बताए ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४० सांसद रहेका छन् ।














Discussion about this post