Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

एक चिहान भित्र मैले देखेको

समालोचना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७६
in कला साहित्य, विचार
0
एक चिहान भित्र मैले देखेको
278
SHARES
Share on FacebookShare on Twitter

बिकेश कविन
‘एक चिहान’ उपन्यासले समेटेको कुरो उपन्यासले समाजको अत्यन्तै सुमधुर तरिकाले चित्रण गरेको छ । गरिब तथा किसानहरु तल्लो दर्जामा परेका हुनाले माथिका दर्जामा आसिन बडेमानहरुको सास्ती भोग्नुपर्ने हुन्छ । उपन्यासले भोक, शोक र रोगलाई समेटेको छ । अत्याचार, पीडा, शोषण, अहंकार, कुदृष्टि आदि इत्यादि पनि उपन्यासले समेटेको छ । सामाजिक तथा असामाजिक दुवै किसिमका प्रेमलाई उपन्यासमा उपन्यासकार प्रधानले अनुकरणीय रुपमा प्रस्तुत गरेका छन् । आफ्नो घर र समाजलाई माया र स्नेह प्रदान नगरे भावी दिनमा आफैँलाई दुःख पर्नसक्छ भन्ने भाव उपन्यासमा फेला पार्न सकिन्छ । प्रकृतिले दिएको दण्डसजायबाट कोहिँ पनि भाग्न सक्दैन र यसले मानिसको अस्तित्वलाई एक चिहान बनाइदिन सक्छ भन्ने परम यथार्थ पनि उपन्यासमा प्रस्तुत गरिएको छ ।

एक चिहान उपन्यास भित्रको भूगोल

अष्ट नारान एक परिश्रमी किसान हुन्छन् । उनका पत्नी र बुढिया लतमाया हुन्छन् । उनका जेठा छोरा शिव नारान, माहिला पुन नारान, कान्छा हर्ष नारान र एक छोरी नानीथकुँ गरी जम्माजम्मी चारजना छोराछोरी हुन्छन् । शिव नारान पनि किसान नै हुन्छन् तर पुन नारान चाहिँ सिकर्मी हुन्छन् अनि हर्ष नारान ज्यामी हुन्छन् । लतमाया र नानीथकुँका कामचाहिँ घरमै बसेर भात पकाउने र तान सिलाउने हुन्छ । अष्ट नारान एकदम इमान्दार, उदार, निस्वार्थी, परोपकारी र सामाजिक बेथितिलाई नमान्ने एक श्रेष्ठ व्यक्ति हुन्छन् । गरिब भएता पनि अष्ट नारान उदार भावनाका धनाढ्य (धनी) मानिस हुन्छन् ।

अष्ट नारान बिरामी पर्छन् । एकदमै धेरै बिरामी हुन्छन् । केबी पनि काम गर्न सक्दैनन् । उनी सा¥ह्रै बूढो पनि भइसकेका हुनाले उनलाई विभिन्न रोगहरुले समातिसकेको हुन्छ । उनी आफ्ना सारा परिवारका सदस्यहरुलाई उनी बूढा भइसकेका हुनाले उनको इलाज नगराउन भन्छन् तर उनका छोराछोरी र पत्नीले अष्ट नारानको कुरोको घोर निन्दा गर्छन् । अष्ट नारानले पहिलेदेखि नै एकएक गरी पच्चिस रुपैँया जम्मा गरेका हुन्छन् र त्यो पैसा घरकै कुनै स्थानको जमिनमुनि गाडेका हुन्छन् । त्यही पैसाले बरु अष्ट नारानको मरेपछि गरिने काजक्रिया गर्न अष्ट नारानले सबैलाई बिन्ती गर्छन् ।
अष्ट नारानको रोग दिन प्रतिदिन बढ्दै जान्छ । अब शिव नारान, लतमाया र परिवारका अरु सदस्य चुप रहँदैनन् । पैसा बचाउनुभन्दा जीवन बचाउनु ठूलो काज (कार्य) हो सम्झिएर अष्ट नारानको उपचारको निम्ति उनका परिवारले सोच्न थाल्छन् । सर्वप्रथमत ः गाउँकै गुभाजुबाट अष्ट नारानको उपचार गरिन्छ तर यसले केही निको पार्दैन । देशकै नामी झारफुके वैद्य तुयु गुभाजुले पनि अष्ट नारानको इलाज गर्दा केही अनुकूलता आउँदैन । माहिला कविराजले पनि उपचार गर्छन् तर केही हुँदैन । पछि अष्ट नारानको परिवारले उनलाई डाक्टरबाट नै उपचार गराउन सके निको पार्न सकिन्छ भन्ने निधो गरी उनलाई डाक्टरको सहयोग दिलाइन्छ । शिव नारान डाक्टर गोदत्त प्रसादकहाँ जान्छन् । आफ्नो सम्पूर्ण व्यथा सुनाउँछन् । आफ्नो बुबा एकदभै धेरै बिरामी भएको कुरो बताउँछन् यद्यपि डाक्टर गोदत्त प्रसादले कुनै वास्ता गर्दैनन् । पछि पाँच रुपैँया दिए मात्र जाने खण्डमा डाक्टर गोदत्त प्रसाद अष्ट नारानको उपचारको निम्ति उनको घरमा जान्छन् ।
डाक्टर गोदत्त प्रसाद अष्ट नारानको उपचार गर्न थाल्छन् । उनको उपचारले अष्ट नारानको स्वास्थ्यमा अनुकूलता ल्याउँन थाल्छ । अष्ट नारान अलिक निको हुन थाल्छन् । डाक्टर गोदत्त प्रसाद अष्ट नारानको घरमा दैनिक अष्ट नारानको उपचारको निम्ति जान थाल्छन् । यसैक्रममा डाक्टर गोदत्त प्रसाद नानीथकुँको जवानी र यौवन देखी आकर्षित हुन्छन् ।
केही दिनपछि अचानक अष्ट नारानको मृत्यु हुन्छ । सारा नारान परिवार शोकमा डुब्छन् । सारा रुपैँया अष्ट नारानको उपचारको खातिर खर्चेको हुनाले अब अष्ट नारानको अन्त्येष्टि साथै सम्पूर्ण काजक्रिया गर्न पैसा हुँदैन । कसैकसैबाट सापटी मागेर भएता पनि नारान परिवारले अष्ट नारानको मृत्युपछिको सम्पूर्ण काजक्रिया समापन गर्छन् । डाक्टर गोदत्त प्रसादले अष्ट नारानको मृत्युमा सम्पूर्ण नारान परिवारलाई समवेदना प्रकट गर्न आइपुग्छन् । डाक्टर गोदत्त प्रसादको अपार महिमा र परम समवेदनाले नारान परिवारको दुःखलाई केही हदसम्म हलुको पार्छ ।
अष्ट नारानको सम्पूर्ण काजक्रिया सिद्धिएलगत्तै सबै दाजुभाइ आ–आफ्नै काममा लागिपर्छन् । शिव नारान परिवारको ज्येष्ठ सदस्य हुन्छन् किनकी उनी नै घर र बाहिरका तमाम व्यवहार सम्हाल्छन् ।
अष्ट नारानको परिवार तल्सिङ सुब्बा सुरमानका मोही हुन्छन् । सुब्बा सुरमानको ऋण अष्ट नारानको परिवारलाई तिर्नुपर्ने हुन्छ । सुब्बा सुरमानका मान्छे राम बहादुर सुब्बा अष्ट नारानको घरमा आउँछन् । त्यो बखत घरमा लतमाया मात्र हुन्छिन् । राम बहादुर सुब्बा आफ्नो मालिकको ९सुब्बा सुरमान० अनेक काइदाले प्रशंसा गर्छन् । राम बहादुरले लतमायालाई अष्ट नारानले लिएको ऋण पनि माफी दिलाइने कुरो गर्छन् । अनि लतमायालाई तान सिलाउने मेसिन लिन पनि अनुरोध गर्छन् । लतमायाले सुरुमा नचाहेता पनि पछि राम बहादुरको करले गर्दा लतमाया राम बहादुरलाई तानको मेसिनको निम्ति स्वीकृति दिन्छिन् ।
राम बहादुर सुब्बा शिव नारानको घरमा तानको मेसिन ल्याइदिन्छिन् । यो सहयोग शिव नारानलाई बिलकुल मनपर्दैन तरपनि शिव नारान केही बोल्दैनन् । यसैगरी डाक्टर गोदत्त प्रसाद दिन प्रतिदिन अष्ट नारानको घरमा आउँन थाल्छन् । उनी अष्ट नारानको घरमा आएर नानीथकुँसँग जिस्किन थाल्छन् । बिस्तारै अष्ट नारानकी छोरी नानीथकुँ र डाक्टर गोदत्त प्रसादबीच असीम मायाप्रेम चल्न थाल्छ । यो कुरा पूरा छरछिमेकले थाहा पाएर अष्ट नारानको घरको प्रतिकूल खबर सबैले गर्न थाल्छन् । पछि शिव नारानले पनि यो कुरा थाहा पाएपछि शिव नारानले खुब रिस निकाल्छन् । डाक्टर गोदत्त प्रसादकी पत्नी रञ्जना देवीले डाक्टर गोदत्त प्रसाद र नानीथकुँ दुबैलाई खुब सम्झाउछन् तरपनि यी दुवै प्रेमिल जोडि कसैको कुरो टेर्दैनन् । नानीथकुँ फगत सत्र वर्षकी कलिली हुन्छिन् तर डाक्टर गोदत्त प्रसाद कयौँ छोराछोरीका बूढा पिता हुन्छन् । यसकारणले गर्दा पनि उनीहरुको प्रेम असामाजिक देखिन्छ ।
राम बहादुर सुब्बाले नानीथुकुँलाई सुब्बा सुरमानले मन पराउँछन् भनी लतमायालाई भन्छिन् । नानीथकुँको बिहे सुब्बा सुरमानसँग गरेर अष्ट नारानको परिवार सुखैसुखको पिङमा रमाउनेछ भनी राम बहादुर सुब्बाले लतमायालाई सुनाउँछन् । लतमायाले स्वीकृति दिन्छिन् ।
पछि शिव नारानले यो कुरा थाहा पाएपछि खुब रिसाउँछन् । आफ्नी बहिनीको बिहे सुब्बा सुरमानसँग कदापि नगर्ने निधो गर्छन्, शिव नारान । राम बहादुर सुब्बा अष्ट नारानको घरमै आएर नानीथकुँको बिहेको कुरा गर्दा शिव नारान यत्ति धेरै आक्रोशित हुन्छन् कि शिव नारानले राम बहादुर सुब्बाको घाँटी नै समातेर राम बहादुरलाई खुब पिट्छन् । पछि सुब्बा सुरमानले दिलाएको तान सिलाउने मेसिन पनि फिर्ता दिदैनन्, शिव नारानको परिवारले ।
हर्ष नारानले आफ्नो घर बनाइसकेपश्चात् बिहे गर्ने कुरो आफ्नो घरमा बताउँछन् । केही दिनपश्चात् हर्ष नारानलाई पुतलीसँग माया बसेर पुतलीसँग छिट्टै बिहे गर्न मन लाग्छ । यो कुरा हर्ष नारानले आफ्नो घरमा बताउँछन् । घरका सबैजना औधी खुसी हुन्छन् । अर्कै जातकी केटी भएकी हुँनाले खुब रुचाउछन् सबैजना । अष्ट नारान पनि साम्प्रदायिक मेलमिलापमा विश्वास राख्ने मानिस थिए । केही दिनपश्चात् हर्ष नारानको बिहे तामाङकी छोरी पुतलीसँग हुन्छ । सबैजना खुसी हुन्छन् ।
उता डाक्टर गोदत्त प्रसाद र नानीथकुँ दुवैजना एकआपसलाई प्रेम गरेता पनि नानीथकुँ डाक्टर गोदत्त प्रसादलाई अब उनीहरुको प्रेमको समाप्ति भएको कुरो बताउँछिन् किनकी उनीहरुको प्रेममा कसैको पनि स्वीकारोक्ति थिएन ।
शिव नारानको खेती राम्रो हुन थाल्छ । शिव नारानकै खेतमा सबैभन्दा सुरुमा अन्न लगाइन्छ । शिव नारान नानीथकुँलाई पनि आफूसितै खेतमा नै राख्न थाल्छन् । शिव नारान रातदिन खेतैमा खेतको अनि अन्नबालीको सुरक्षाको हेतु बस्न थाल्छन् ।
शिव नारानले नानीथकुँको लागि एकजना मधेशी केटो देखेका हुन्छन् । उनको नाम हुन्छ राम खेलावन राउत । राम खेलावन राउतलाई नाधीथकुँ एकदमै मनपर्छ । नानीथकुँले पनि राम खेलावन राउतलाई माया गर्न थाल्छन् अर्थात् मन पराउँछन् । पछि नानीथकुँ र राम खेलावन राउतकै बिहे हुन्छ । सबैजना औधी खुसी हुन्छन् ।
यसरी अष्ट नारानको परिवार मधेश, पहाड र पर्वत अर्थात् पूरै नेपालसँग नै जोडिन्छ । यसरी साम्प्रदायिक सद्भाव कायम राख्नु नै अष्ट नारानको पनि अभिप्राय थियो ।
पानी परिरहेको हुन्छ । परिरहन्छ । बस् परिरहन्छ । केही दिनसम्म निरन्तर पानी परिरहेको हुनाले बाढी नै आउँछ । बाढीले सबैकुरा बगाउन थाल्छ । वस्तुभाउ, रुखबिरुवा, अन्नबाली साथसाथै बाढीले घर पनि बगाउँन थाल्छ । वातावरण डरलाग्दो र त्रासदीपूर्ण हुन्छ । यत्तिकैमा अब मानिसहरु पनि बग्न थाल्छन् । लासहरु माथिमाथि पानीको सतहमा तैरिन थाल्छन् । शिव नारानको जहानलाई पनि बाढीले बगाइदिन्छ । बाढीले बगाएर शिव नारानको जहानको लास कतै पु¥याइदिन्छ । तिनीहरुको लास बेवारिसे हुन्छ । कसैले चिन्दैनन् तिनीहरुको लासलाई ।
अष्ट नारानको घरलाई पनि बाढीले तहसनहस पारिदिएर अष्ट नारानको सम्पूर्ण परिवारलाई त्यसै घरले थिचिदिएको हुन्छ । अष्ट नारानको कुलपरिवारको नाम सदाको निम्ति बाढीले मेटाइदिन्छ ।
अब अष्ट नारानको परिवारलाई कुनै पनि तल्सिङ सुब्बा सुरमानको ऋण चुक्ता पार्नुपर्दैन । कुनै पनि दुःख र सङ्घर्ष भोग्नुपर्दैन । पुन नारानलाई घर बनाउन चिन्ता लिनु पर्दैन । कसैलाई केही पनि गर्नुपदैन किनकी अष्ट नारानको परिवारको नाम इतिहासबाट सदाको निम्ति मेटिइसक्यो । आफ्नै घरले थिचेर सम्पूर्ण नारान परिवार चिहान भए । अर्थात् एक चिहान भए ।
‘सबैको जय होस्’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना
कला साहित्य

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८३
0

धरान : धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ । ९०...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.