Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका थप दुईजनाको शव भेटियो, मृत्यु हुने तीनैजना एकै परिवारका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८०
in समाचार
0
सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका थप दुईजनाको शव भेटियो, मृत्यु हुने तीनैजना एकै परिवारका

नदीमा बेपत्ता भएपछि गोताखोर टोलीबाट खोजी गरिदैँ ।

171
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थप दुईजनाको शव फेला परेको छ ।

बैशाख ६ गते बराहक्षेत्र मन्दिर नजिकै कोकाहा खोला नजिकै सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको हो । योसँगै सप्तकोसीमा डुबेका तीनजनाको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा दमक नगरपालिका ९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन् ।

सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक देवेन्द्र रोक्काका अनुसार नवीनको भने बैशाख ६ गते नै घटनास्थल नजिकै करिब ४ घण्टापछि शव फेला परेको थियो ।

बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले शनिबार फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार रूद्रको शव घटनास्थल नजिकै फेला परेको थियो ।

त्यस्तै, राजुको शव भने बराहक्षेत्र नगरपालिकाको २ नम्बर वडा स्थित आठ आरडीको ठूलो कोसीमा फेला परेको उनले बताए ।

दुवैको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर मृत्यु हुने तीनैजना एकै परिवारका रहेको खुलेको छ । उनीहरू फुपु–मामाका छोराहरू रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरू परिवारसहित श्राद्धका लागि बराहक्षेत्र मन्दिर आएको समयमा कोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि_सप्तकोसीमा डुबेर तीन युवक बेपत्ता, एकको शव भेटियो

Tags: शवशव फेलासप्तकोसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
FEATURE BREAKING

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

by रासस
भदौ २०, २०८३
0

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भाद्र २१ गते आइतबार

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.