विराटनगर : कोसी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आज बस्दैछ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच पहिलो बैठकमा समेत शून्य समय छुट्याउने सहमति भएको छ ।
प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले जेठ १४ गते आइतबार दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए ।
शनिबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज (आइतबार) को बैठकको प्रारम्भिक कार्यसूचीमाथि छलफल गर्दै पहिलो बैठकलाई सूचारु गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा शून्य समयपछि प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, अघिल्लो प्रदेश अधिवेशनमा छलफल भएर पारित हुन बाँकी रहेको प्रदेश ऐनमा प्रदेशको नाम संसोधन गर्न वनेको विधेयक २०७९ निर्णयार्थ पेश हुने जनाइएको छ ।














Discussion about this post