विराटनगर : कोसी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त विशेष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले असार १४ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाउन सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिदैँ आएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएपछि प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १७ गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्छ ।
आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट ल्याउनु पर्ने अन्तिम समयमा सरकारमा सहभागी दुई राजनीतिक दल बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो ।



















Discussion about this post