इटहरी : अविरल वर्षासँगै आएको बाढीले सुनसरीको भोक्राहामा प्रहरी चौकी डुबाएको छ ।
सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको हो ।बाढी पसेर शुक्रबार (आज) बिहान चौकी डुबान हुँदा त्यहाँ कार्यरत प्रहरी विस्थापित भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका ८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले खोलामा आएको बाढी पसेर डुबान भएपछि प्रहरीले चौकी छाड्नु परेको जानकारी दिए ।
उनका अनुसार सुनसरी खोलाको बाढी पस्दा प्रहरी चौकीको ‘कम्पाउन्ड’भित्र ४ फिटसम्म पानी जमेको छ ।














Discussion about this post