इलाम : इलामको चुलाचुली गाउँपालिका ५ का ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।
२०७९ असोज ५ गते बेलुका ४ बजेतिर खुकुरी र ढुङ्गा प्रहार गरी गुरुङको हत्या गर्ने चुलाचुली ४ का झ्याम्ले भन्ने नरेशकुमार याख्खा र दिल्वर भन्ने मनिराज लिम्बूविरुद्ध २५ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश दिलीपकुमार दाहालको इजलासले याख्खा र लिम्बुलाई मृतकको हकवालालाई क्षतिपूर्ति बापत जनही दुई लाख रुपियाँ बुझाउन, मृतकको मोटरसाइकलको क्षतिपूर्तिबापत १२ हजार पाँचसय रुपियाँ र पीडित राहत कोषमा दुई हजार आठसय रुपियाँ जम्मा गर्न पनि आदेश दिएको छ ।
गुरुङको हत्यामा संलग्न देखिएका चुलाचुलीकै परशु भन्ने परशुराम राई, शिव हिङमाङ भन्ने नरेन्द्र दर्जी, विक्रम हिङमाङ भन्ने विक्रम नेपाली, अन्तरे भन्ने रोहित इङ्नाम लिम्बू, मङ्गले भन्ने अनीश लावती, सेसे भन्ने सेसेहाङ याक्खा र सन्तु भन्ने चन्द्रकुमार यवालाई जनही एक वर्ष कैद र पीडित राहत कोषमा जनही दुईसय रुपियाँका दरले बुझाउनुपर्ने फैसला गरेको अदालतले आदेश सुनाएको छ ।














Discussion about this post