Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा चोरीका घटनामा बृद्धि, प्रहरीले बेवास्ता गरेको आरोप

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २३, २०७६
in टाकुरा विशेष, समाचार
0
इटहरीमा चोरीका घटनामा बृद्धि, प्रहरीले बेवास्ता गरेको आरोप
551
SHARES
Share on FacebookShare on Twitter

इटहरी

इटहरीमा चोरीका घटनामा बृद्धि भएको छ । विशेषगरी इटहरी उपमहानगरपालिका वडा नं. १ र वडा नं. २ मा चोरीका घटनामा बृद्धि भएपनि प्रहरीले बेवास्ता गरेको पीडितहरुको गुनासो रहेको छ ।
इटहरी २ बरगाछीका कुल बहादुर कार्कीले आफूँले सञ्चालन गरेको उपकार मेडिकलबाट करीब १८ हजार रुपैँया चोरी भएको बताए । ‘मेरो मेडिकलबाट उक्त रकम चोरी भएपनि प्रहरीलाई जानकारी गराएको थिएँ,’ उनले गुनासो गरे, ‘केही दिन अगाडि पनि मोबाइल चोरी हुँदा हामीले रंगेहात मानिस पक्राउ गरेको भएपनि प्रहरीले त्यतिकै छोडेको छ ।’ इटहरी १ का मनिष गिरीको सामसुङ मोबाइल चोर्दै गर्दा दुर्गेश राई र साजन तामाङलाई स्थानीयले रंगेहात पक्राउ गरी प्रहरीकहाँ जिम्मा लगाएको भएपनि तरहरा प्रहरी चौकीले आरोपीलाई त्यतिकै छाडेको उनको भनाई छ ।
स्थानीय समिता पौडेलको घरको २ वटा ग्याँस सिलिन्डर, २ वटा पानीको मटर र साईकल चोरी भएको भएपनि प्रहरीको बेवास्ताका कारण दोषी पहिचान नभएको गुनासो गरिन् । ‘समाज बिथोल्ने काम भईरहेको छ तर प्रहरीको लापरबाही र फितलो अनुसन्धानका कारण हामीलाई दिनमा हिड्न र रातमा सुत्न पनि कठीन हुन्छ,’ उनले टाकुरासँग भनिन्, ‘बरगाछी एरियामा दैनिकजसो चोरी हुने गरेको छ, हराएको सामानको खोजी चासो भएन ।’
केही महिनायता, यी माथिका दुई पात्र नभई यहाँका दर्जनौँ पसल तथा घरहरुमा चोरी भएपनि प्रहरीले बेवास्ता गरेको पीडितको आरोप छ । केही हप्ता अगाडि मात्रै दाजुभाई कोल्ड सेन्टरबाट नगद चोरी भयो । त्यस्तै, २ हप्ता अगाडि मात्रै यहाँ रहेको अरुण किराना तोडफोड भयो । त्यस्तै, मनिष फर्निचरको सामान चोरी भएको थियो भने त्यस्तै, शुष्मा ब्यूटी पार्लरको सटर तोडफोड भएको थियो । यी माथिका सबै घटनाबारे तरहरा प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएको भएपनि प्रहरी मुकदर्शक बनेको स्थानीय बुद्धिमान बिकको भनाई रहेको छ ।
बिकले भने, ‘हामीलाई शान्ति सुरक्षा चाहियो, यहाँका व्यापारीहरु पाँच मिनेट जानका लागि पनि डराउँनु पर्ने अवस्था रहेको छ ।’ उनका अनुसार यहाँ पसल गरेर बस्ने मानिसहरु केही छिनपनि पसल छाडेर हिड्न डराउनुपर्ने अवस्था रहेको छ, तर यस बिषयमा प्रहरी मुकदर्शक बनेको उनको आरोप छ । स्थानीय पर्शुराम धिमालले भने चोरीको बिषयमा प्रहरीलाई अाँँफूहरुले सामूहिक रुपमा लिखित र मौखिक जानकारी गराएको भएपनि प्रहरीले आफ्नो गुनासो नसुन्ने गरेको तर्क गरे । ‘हामीले पटक–पटक प्रहरीलाई जानकारी गराईसकेका छौँ, तर प्रहरीले हाम्रो कुरा सुनेकै छैन,’ उनले गुनासो गर्दै भने, ‘तरहरा प्रहरी चौकीले हामीले चोरलाई स्वयम् पक्रेर बुझाएपनि रोहबरमा छाड्दै आएको छ ।’ यहाँ अराजक गतिबिधि गर्नेको संख्या दर्जनौँ रहेको भएपनि प्रहरीको ध्यान नगएको उनको भनाई थियो ।
यता, तरहरा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरीक्षक (सई) हेम लिङ्देनले भने आँफू यो बिषयमा गम्भीर भएको प्रतिक्रिया दिदैँ चोरीका घटना बढेको उनले स्वीकार गरे । भने, ‘म यस बिषयमा गम्भीर रहेको छु, अब नियमित सिभिलमा एकजना प्रहरी त्यो एरियामा खटाउँछु ।’ उता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले भने चोरीका घटनामा जानकारी हुनासाथ प्रहरी पुग्ने गरेको प्रतिक्रिया दिए । उनले भने, ‘चोरीको रिपोर्ट आउँनासाथ प्रहरी नजाने भन्ने त किन हुन्थ्यो र ? हामीले यो बिषयमा फलो गरिरहेका छौँ ।’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
समाचार

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धनकुटा । धनकुटाको साँगुरीगढी नगरपालिका-७ बाट १ हजार २४० किलो ६०० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रण लिएको छ ।...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.