Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नागरिकको सेवामा आशा जगाउँदै इटहरी अस्पताल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २२, २०८०
in समाचार
0
नागरिकको सेवामा आशा जगाउँदै इटहरी अस्पताल
107
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा बच्चाको डाक्टर कहिले आउँछन् ? कुनबार ? कुन क्लिनिकमा ? हाडजोर्नीको राम्रो डाक्टर कहाँ, कहिले ? कुन क्लिनिकमा आउँछन् ?

महिलाको डाक्टर शनिबार आउँछन् ? कि शुक्रबार ? यी प्रश्नहरूले, इटहरी नगरबासीलाई तनाव दिइरहन्छ ।

आफूलाई चाहिएको विशेषज्ञ डाक्टर कुन दिन, कुन क्लिनिकमा आउँछन्, बल्लबल्ल पत्ता लगायो, नाम टिपायो अनि लाइन बस्यो ।
डाक्टरले दबाई दिन्छन्, अनि कि त विराटनगर आउनु भन्छन्, या त धरान आउनु भन्छन् । त्यस पछि बिरामी लिएर धरान विराटनगरको यात्रा सुरु हुन्छ ।

यो इटहरीबासीको लागि बाध्यता नै थियो र छ पनि ?

नियमित रूपमा कुनै पनि विशेषज्ञ डाक्टरहरू भेट्न नपाउँदाका दुःख हुन, यी सबै ।

इटहरीबासीले हरेक समयमा भोग्दै आएको यो समस्याबाट अहिले थोरै भएपनि राहत मिलेको छ । इटहरी अस्पतालमा नियमित रूपमा विशेषज्ञ डाक्टरहरू राखेर सेवा दिन सुरु गरेपछि इटहरीबासीलाई थोरै भएपनि राहत महसुस भएको हो ।

पछिल्लो एक वर्षदेखि अस्पतालले विशेषज्ञ डाक्टरहरूलाई नियमति रूपमा अस्पतालमा राखेर स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि इटहरीबासीले केही सहज महसुस गर्न थालेका छन् ।

इटहरी अस्पतालमा दैनिक रूपमा हाडजोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गराइरहेका छन् ।
हाडजोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेको इटहरी अस्पतालका मे.सु गुञ्जन त्रितालले बताए ।

‘हाडजोर्नी विशेषज्ञ डाक्टरले विहान १० बजे देखि ४ बजेसम्म, महिला तथा स्त्री रोग विशेषज्ञ २ जना महिला डाक्टर हुनुहुन्छ, एकजना बिहान १० देखि २ बजेसम्म र अर्कोजना १० देखि ४ बजेसम्म नै बसेर सेवा दिनुहुन्छ,’ त्रितालले भने ‘अर्को बाल रोग विशेषज्ञ डाक्टरले पनि बिहान १० देखि ४ बजेसम्म नै सेवा दिनुहुन्छ । त्यसपछि अरु एमबीबीएस डाक्टरहरूले अन्य बिरामीलाई चेकजाँच गर्नुहुन्छ ।’

योसँगै इटहरी अस्पतालमा मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा विस्तार गर्ने योजना रहेको मे.सु त्रितालले जानकारी दिए ।

‘मुट र मृगौला रोग विशेषज्ञ डाक्टरहरूलाई ल्याएर सेवा विस्तार गर्ने तयारी भइरहेको छ, पार्किङ एरियाको ठाउँलाई व्यवस्थापन गरि कोठा मिलाउने काम भएपछि सेवा सुरु गर्ने तयारी गर्नेछौँ,’ उनले भने ।

विशेषज्ञ डाक्टरको सेवा लिन चाहनेहरू इटहरी अस्पतालमा आउन थालेको उनको दाबी छ ।

ज्वरो आउने, रुघा, खोकी, पखला लाग्ने, पेट दुख्ने, ढाड दुख्नेजस्ता सामान्य प्रकृतिका स्वास्थ्य सेवा लिनपनि बजारका निजी क्लिनिकहरूमा जानुपर्ने बाध्यता अहिले अन्त्य भएको उनको भनाइ छ ।

ल्याब परीक्षणमा उस्तै भीड

इटहरी अस्पतालमा परीक्षणका लागि आउने बिरामीको संख्या अत्यधिक रूपले बढेको अस्पताल प्रशासनले बताएको छ । विशेषगरी रगतजाँच गर्ने, एक्स रे गर्ने, भिडियो एक्स रे, इसिजी गर्ने बिरामीहरूको संख्या बढेको छ ।

नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको रोग पहिचानका लागि गरिने रगत, पिसाब, एक्स रे, भिडियो एक्स रे भन्दा बाहिर सुगर जाँच, भिटामिन डि, थाईराईड लगायतका चेकजाँच गर्न इटहरी अस्पताल पुग्ने गरेका छन् ।

सुगर प्रेसका बिरामीलाई इटहरी अस्पतालको रगत जाँच सेवाले सहज बनाएको छ । सुगरका बिरामीहरू नियमित गर्नुपर्ने रगत जाँचका लागि इटहरी अस्पतालको ल्याबमा पुग्ने गरेका छन् ।

अस्पताल प्रशासनका अनुसार चालू आर्थिक वर्षको मंसिर सम्मको तथ्यांकअनुसार १२, हजार ७६९ जनाले सुगर जाँच गराएका छन् ।
५ हजार ६८९ जनाले थाईराईड जाँच गराएका छन् भने २ हजार ८६१ जनाले भिटामिन डी को जाँच गराएका छन् ।

सुगर प्रेसर भएका जेष्ठ नागरिकहरू सहज सेवाका लागि जाँच गर्न इटहरी अस्पताल आउने गरेको अस्पताल प्रशासनको भनाइ छ ।
इटहरी ९ का लालु बस्नेत नियमित रूपमा रगतजाँच गर्नका लागि इटहरी अस्पताल नै आउने गरेको बताउँछन् ।

पहिलो बजारको क्लिनिकमा जाने गरेकोमा अहिले इटहरी अस्पतालमा नै सजिलो भएकाले आउने गरेको उनको भनाइ छ ।

बीमाका कारण पनि धेरै व्यक्तिहरू स्वास्थ्य परीक्षणका लागि आउने गरेको इटहरी अस्पताल प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिइन् ।

‘बीमाबाट हुने भएकाले धेरै व्यक्तिहरू २÷३ महिनामा बिरामी नभएपनि विभिन्न स्वास्थ्य परीक्षणका लागि आउने गर्नुभएको छ, अरु नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या त अझ धेरै छ,’ भट्टराईले भनिन् ।

बिरामीहरूको चाप बढेसँगै इटहरी अस्पतालले टोकन सिस्टम लगाएको छ । पूर्जा लिनका लागि टोकन सिस्टम लगाइएको हो । टोकनका आधारमा पूर्जा बनाउने र सोही आधारमा ओपिडीमा डाक्टरसँग भेट गर्ने व्यवस्था मिलाइएको छ ।

कुनै बिरामीलाई केही समस्या भए सुरक्षामा खटिएका सुरक्षा गार्डहरूले पनि सहजीकरण गर्ने उनको भनाइ छ ।

२४ घण्टा इमरजेन्सी

इटहरी अस्पतालले पछिल्लो एक वर्षदेखि २४ सै घण्टा इमजेन्सी सेवा दिइरहेको छ । इमरजेन्सीमा ५ बेडमार्फत सेवा दिइरहेको अस्पताले जनाएको छ । एमबीबीएस डाक्टरको नेतृत्वमा इमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालको भनाइ छ ।

इमरजेन्सीमा आएका बिरामीहरुलाई थप उपचार गर्नुपर्ने अवस्था आए वा ओपीडीमा आएका बिरामीलाई थप उपचार गर्नुपर्ने भएमा जनरल वार्डको व्यवस्था गरिएको छ । १५ वटा बेडमा बिरामीलाई राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।

आवश्यक सेवा सुविधासहितको जनरल बेडमार्फत बिरामीको उपचार गर्दै आएको अस्पतालको दाबी छ ।

नयाँ भवनमा थप सेवा विस्तार गरिने

इटहरी अस्पतालको हालको भवनबाट थप सेवा विस्तारका लागि समस्या भइरहेकाले नयाँ भवनपछि थप सेवा विस्तार हुने अस्पतालका मे.सु त्रिताल बताउँछन् ।

‘हामीसँग भवन र कोठाको अभाव छ, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेका छैनौँ’ मे.सु त्रितालले भने, ‘अब थप सेवाविस्तारका लागि नयाँ भवन बनेर सञ्चालनमा आएपछि मात्रै थप सेवा विस्तार गर्न सकिने अवस्था छ । ’

संघीय सरकारले दिएको बजेटबाट अस्पताल परिसरमै १५ बेडको नगर अस्पतालको भवन निर्माणधीन छ । समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तारमा समस्या देखिएको छ ।

तर, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले अस्पतालको बन्दै गरेको भवन चाँडै सक्ने गरी काम भइरहेको बताउँछन् ।

अस्पतालको सेवालाई विस्तार गर्न तयारी भइरहेको पौडेलले बताए । इटहरी अस्पतालको स्तरोन्नतिका लागि सिटि स्क्यान र एमआरआई मेसिन थप गर्ने तयारी भइरहेको नगर प्रमुख पौडेलले बताए ।

त्योसँगै केही समयअघि रोटरी क्लबले दिएको डाईलासिस मेसिनलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

राजनीतिक र प्रशासनिक रूपमा ओझेलमा परेको इटहरी अस्पतालमा अहिले स्थानीय सरकारले गरेको लगानीको केही प्रतिफल देखा पर्न थालेको छ । तर, दीर्घकालीन रूपमा यही रूपले अगाडि बढाउन भने अझै ठूलो आर्थिक स्रोतको आवश्यकता पर्छ ।

सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि स्थानीय सरकारले दीर्घकालीन रूपमा आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने चुनौती देखिन्छ ।

Tags: अस्पतालइटहरी अस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    691 shares
    Share 276 Tweet 173
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    360 shares
    Share 144 Tweet 90
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.