धरानमा एकजना सब्जी ब्यापारीलाई पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान ९ मा डेरा गरि बस्ने एक सब्जी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
करिब २ साता अघि भारतको विहार गएर आएका अन्दाजी २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएको हो ।
उनी धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्ने गरेको खुलेको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
सब्जी व्यापारीको कन्ट्याक धेरै जनासँग भएको देखिएकोले ट्रेसिङ गरिने उनले बताए । यसअघि बुधबार राती धरानमा एकै परिवारका पाँचजनासहित १२ जनामा कोरोना पुष्टि भएको थियो ।
यो पनि – धरानमा एकदिन १२ जना संक्रमित थपिए, एकै परिवारका पाँच जना

















Discussion about this post