इटहरी । भ्रमण बर्ष २०२० लाई लक्षित गरी नेपाल प्रेस युनियन सुनसरी शाखाले प्रख्यात पर्यटकीय स्थल कोशी टप्पुमा बैठक बसेको छ । धनबहादुर पुरीको अध्यक्षतामा बसेको बैठकमा प्रेस युनियन सुनसरीका सक्रिय कार्यसमितिको उपस्थित रहेको थियो । नेपाल भ्रमण बर्षलाई सफल पार्नका लागि कोशी टप्पुमा बैठक आयोजना गरिएको पुरीले बताए । हामीले स्थानीय ठाउँहरुको प्रचारका लागि पनि यहाँ बैठक बसेका हौँ, उनले भने, कोशी टप्पु एउटा राम्रो पर्यटकीय स्थल भएकाले यो ठाउँमा भ्रमण बर्षमा लाखौँको संख्यामा पर्यटक ल्याउँन हामीले सञ्चारमाध्यमबाट पहल गर्नुपर्छ । उनले पर्यटन बर्षलाई सफल बनाउँनका लागि समेत अपिल गरे ।
कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप
विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...














Discussion about this post