Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

सहिद रत्नकुमार बान्तवाको जीवनमा लेखिएको पुस्तक ‘नेपालमा सुरुङयुद्ध’को विमोचन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८१
in कला साहित्य, समाचार
0
सहिद रत्नकुमार बान्तवाको जीवनमा लेखिएको पुस्तक ‘नेपालमा सुरुङयुद्ध’को विमोचन
88
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सहिद रत्नकुमार बान्तवाको जीवनमा आधारित रहेर तयार पारिएको पुस्तक ‘नेपालमा सुरुङयुद्ध’को शनिबार विमोचन गरिएको छ ।

इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम प्रतिष्ठानकै सभाहलमा पुस्तकको विमोचन गरिएको हो ।

लेखकद्धय अर्जुनकुमार उप्रेती र जसकुमार राईले पुस्तक लेखेका हुन् । लेखकद्धयसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू पनि उनै रत्नकुमारको प्रेरणाबाट राजनीतिमा आएको सुनाए । ‘अलिकता जीवनी, अलिकता उहाँका वैचारिक धारबारे यो पुस्तक लेखिनु आफैँमा राम्रो कुरा हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘म उहाँको (रत्नकुमार) मृत्युपछि पार्टीमा संगठित भएको कार्यकर्ता हुँ ।’

रत्नकुमारकै आदर्श र उनैले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा आफू जोडिइराख्ने मुख्यमन्त्री कार्कीले बताए । ‘म रत्नकुमार बान्तवाकै घरमा पुगेको छु, अहिले पनि त्यो सुरुङ छ,’ उनले भने, ‘त्यो सुरुङ वर्ग सत्रुबाट बच्न बनाएकोजस्तो देखिन्छ । जसलाई हामीले संरक्षण गरेर राखेका छौँ ।’

यो पुस्तकले सुरुङयुद्ध सुरु गरेको हो भन्ने सन्देश दिन सक्ने उनको भनाइ छ । ‘आन्दोलनमा दुई चार सय मान्छे मारिए भन्दापनि कहाँबाट प्रारम्भ भयो, कसले सुरु ग¥यो भन्ने महत्वपूर्ण हुन्छ,’ कार्कीले भने, ‘वर्ग सत्रुलाई परास्त गर्न सकिन्छ भन्ने कन्सेप्ट ल्याउनु नै ठूलो कुरा हो । यो पुस्तकले रत्नकुमारका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको छ ।’

कार्यक्रममा टिप्पणीकर्ताद्धय डा. दिवाकर रेग्मी र डा. अस्मिता विष्टले पुस्तकमाथि विचार राखेका थिए ।

डा. रेग्मीले इतिहास शासकको चस्माबाट मात्रै नियालिएको बताए । ‘हामीले शासक र लेखकको चस्माबाट मात्रै इतिहास पढ्यौँ । तर, रत्नकुमार बान्तवाले सहादत प्राप्त गर्दा त्यसबेलाका साक्षीसहितको भनाइ उनीहरूकै भाषामा उठान गरिएको छ । यसैले पनि यो सशक्त पुस्तक हो,’ उनले भने ।

पुस्तकमाथि टिप्पणी गर्दै डा. विष्टले रत्नकुमार वान्तवाले आफ्नो सम्पत्तिसमेत बेचेर सुरुङ युद्ध प्रारम्भ गरेकाले त्यसबाट राजनीतिक क्रान्ति सुरु भएर गणतन्त्र उन्मुख गराएको बताइन् ।

पुस्तकमा इलामको चित्रेबाट सुरु भएको सुरुङयुद्धको बयान गरिएको छ । सुरुङयुद्धकै क्रममा रत्नकुमार मारिए । उनले छोटो समयमै देश र जनताका लागि बलिदान दिएका थिए । नेपालको वर्गीय मुक्ति आन्दोलनमा पञ्चायती तानाशाह र सामन्तविरुद्ध सुरुङयुद्धको धावा बोल्ने पहिलो व्यक्ति हुन्, रत्नकुमार ।

उनै रत्नकुमारको जीवनमा आधारित रहेर तयार गरिएको पुस्तक ‘नेपालमा सुरुङयुद्ध’ लेखिएको हो । जहाँ सहिद रत्नकुमार बान्तवाको संघर्ष र बलिदानको नालीबेली प्रस्तुत गरिएको छ । पुस्तकमा झलनाथ खनाल, ईश्वर पोखरेल, प्रदीप नेपाल, बम देवानलगायत थुपै्र नेताहरूले रत्नकुमारको योगदानबारे चर्चा गरेको प्रसङ्ग उठान गरिएको छ ।

२००८ साल चैत २७ गते इलामको चमैताको चित्रे (हाल देउमाई नगरपालिका–१) मा जन्मिएका रत्नकुमारलाई २०३५ साल चैत २७ गते तत्कालीन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेको पुस्तकमा उल्लेख छ ।

भिडियो

Tags: नेपालमा सुरुङयुद्धपुस्तकविमोचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
समाचार

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    717 shares
    Share 287 Tweet 179
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    671 shares
    Share 268 Tweet 168
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    351 shares
    Share 140 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.