Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण किन गलत ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०७७
in टाकुरा विशेष, विचार
0
कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण किन गलत ?
652
SHARES
Share on FacebookShare on Twitter

भनिन्छ कि मानिसलाई समाज बिना बाँच्न धेरै कठीन स्थिति पैदा हुन्छ । समाजमा बसेर यहीँ घुलमिल भई शिक्षा, विवाह र आफ्नो भविष्य निर्धारण गरेको हुन्छ ।

हामी मानिसहरु विश्वमा विभिन्न समयमा ठूला–ठूला रोगको आक्रात्मक सँगै बाँचेर नयाँ सिर्जना गरि बसेका छौँ । मानिस अहिले मानिसबाट नै जोगिएर हिड्ने समय बनेको छ ।

मानिसहरुलाई अहिलेको समयमा कोरोना भाइरससँग बाँचेर पुर्नजन्म पाउँन निकै संघर्ष परिरहेको छ । यसले धेरै सताएर व्यक्ति, परिवार समाज, राष्ट्र र विश्व ब्रमाण्ड नै सखाप पार्ने गरी चारैतिर महामारिको रुप लिएको छ ।

कोही बाँच्न संघर्ष गरिरहेका छन् त कोही अझै मैले केही गर्नुपर्दछ भनेर दिनरात नभनि गधाले झै संघर्षरत छन् ।

आखिर उनीहरु के चाहन्छन् खुसी, मोजमस्ती धन, सम्पत्ति, ऐश्वर्य हाम्रो अटेरीपन, हेलचेक्रयाईँ र स्वास्थ्य मापदण्डपूर्ण रुपमा पालना नगर्दा आज आएर समूदाय स्तरमौ कोरोना फैलिरहेको विद्यमान अवस्था छ ।

के रोग लाग्ने बित्तिकै उसले केही गर्न सक्दैन ? के उसको अस्तित्व सकिएको हो ? अनि किन रोगीलाई र त्यो समाजलाई देख्नेबित्तिकै समाजले हेर्ने दृष्टिकोण राक्षसको जस्तो ? के देख्ने, हेर्ने बित्तिकै रोग अन्य सँग सरिहाल्छ त ?

हामी आम मानिस शिक्षित त भयौँ । तर, कुन प्रकारको सङ्क्रमित व्यक्तिलाई टेलिफोन मार्फत सकारात्मक सोच उत्प्रेरणा ज्ञान, विज्ञानका कुरा उसलाई उर्जावान बनाउँने व्यक्ति पो शिक्षित अरु सबै शिक्षितको नाममा कलङ्क हुन् ।

कस्लाई हुन्छ म रोगी बनुम् भनेर ? सबैलाई स्वास्थ्य भएर, हाँसीखुसी बनेर बाँच्ने रहर हुन्छ । तर, खानपान बाहिरको, प्रदुषित वातावरण र शरीरलाइ अभ्यास नपाउँदा हामी आम मानिस विभिन्न रोगबाट ग्रसित बनेका छौँ ।

यो महामारीबाट बच्न विभिन्न स्वास्थ्य सुरक्षा अवलम्बन गर्दा–गर्दै पनि रोग सरेर आफ्नो शरीरमा आक्रमण गर्दछ । सरुवा रोग विभिन्न सुरक्षा उपाय अपनाउँदा–अपनाउँदै पनि सर्दछ ।

त्यस्तो नजानी–नजानी लाग्ने रोगमा किन समाजले फरक दृष्टिकोणले हेर्ने गर्दछन् । कस्लाई थाहा छ र १ मिनेट पछिको समयमा के हुन्छ भनेर उनीहरुमा पनि त्यो थाहा नभएको समयमा सङ्क्रमण भयो भने हामीले गर्ने व्यवहार पनि त्यहि हो ।
यस्तो महामारीको बेला जताततै ठगी धन्दा मौलाएको छ ।

यसको अनुगमन कस्ले गर्ने तै रानी, मै रानी कुवाको पानी कस्ले भर्र्ने भन्ने उखान साबित भएको छ । प्रशासन मौन छ । तीन तहको सरकार गठन भयो विभिन्न ऐन कानुन बने ती सबै किताबका पानामा सीमित भयो व्यवहारमा लागू भएन ।

कोरोना रोकथामको र अन्य सङ्क्रमण रोगथामका लागि बजेटमा सङ्क्रमण लगायतका सबै प्रकारका रोग विपत्को महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवन सहज र सुरक्षित बनाउले भनेर भरिएको छ ।

कहाँ जनजीवन सुरक्षित र सहज भएको छ अहिलेसम्म कोरोना रोकथामका लागि न कुनै अस्पताल न कुनै सुरक्षित तरिका अपनाएको देखिन्छ । कोरोना कोषमा अरबौँ रकम जम्मा भएको छ । यो रकम बेलासिमा खर्च गर्नुभन्दा रोग नियन्त्रणमा खर्च गर्नु कति उत्तम साबित हुने थियो ।

नेपालमा रोगको आगमन भएको ५ महिना व्यतित हुँदा पनि कुनै ठोस कदम चालेको देखिदैँन सङ्क्रमित घरको कोठामा बन्दी भएर बसेका छन् अस्पतालमा कुनै आइसोलेशन वार्ड इमर्जेन्सी कक्ष छैन प्रशासन मौन छ । अनि रोगको व्यापकता नभएर के हुन्छ त सङ्क्रमितलाई रोगले ग्रस्त बनाउँदा समेत कुनै पहल चासो लगाएको देखिदँैन ।

समाज सङ्क्रमितको घरको बाटो हिड्दैनन् नराम्रो नजर लगाउँछन् । कलङ्क जस्तो व्यवहार गर्दछन् । अनि उनीहरुको मनोबल कस्तो भएको होला रोग लागेपछि पनि विभिन्न अपहेलना घृणित व्यवहारले गर्दा अन्त्यमा निको भएर पनि मानसिक रोगी बन्न पुग्दछन् । कोही बिरामी परेर अस्पतालमा गयो भने सङ्क्रमितको एरियाबाट आएको थाहा पाउनासाथ चेकजाँच गर्नु त कहाँ हो कहाँ गेट बाहिरबाट पठाउँन बाध्य बनाउँछ । र, बिरामीकोे आँखै अगाडि मृत्युको पीडा भोग्न परिवार विवश बन्न पुग्छ ।

यो देशमा न्याय र कानुन कसको लागि केवल न्याय पहँुचवालाको लागि र कानुन केही गर्न नसक्ने विपन्न वर्गका लागि सीमित बनेको छ । हामी सबै भेला भएर चियाको चुस्कीसँग ठूला–ठूला कुरा गर्छौँ । देश परिवर्तन देखि राष्ट्र हाँक्ने सम्मको अनि खोई कहाँ परिर्वतन भयो ? आफ््नो समाज परिर्वतन गर्न नसक्नेले देश परिवर्तन मलाई त यो समाज अलौकिक लाग्छ ।

गत चैत्रबाट नेपालको पढाई र विश्व विद्यालय आयोगले लिने परीक्षा नतिजा अन्योलमा परेको छ । कहिले हुने भन्ने यकिन लाग्न सकेको छैन । यो बेला बालबालिकाहरुको पढाई लेखाई पुरै क्षतविक्षत् बनेको छ । कोहि पढ्ने वाला छैन । पढ्ने वातावरण पनि कसरी होस् सङ्क्रमितको टोलमा बिद्यार्थी छन् भने पढाउँनु त कता हो कता हेर्ने बोल्ने दृष्टिकोण नै फरक हुन्छ अनि उनीहरुले कसरी पढ्न सक्दछन् ।

अतः सङ्क्रमण देखिएको मानिस र नजिकका घर भएका व्यक्तिहरुसँग किन घृणित व्यवहार के हेर्दैमा, बोल्दैमा, देख्दैमा रोगको फैलाउट भइहाल्छ त ? कदापी हुन्न । त्यसैले सकारात्मक सोच्नुपर्छ  हौसला उत्प्रेरणा दिनुपर्छ ।

र, उनीहरुमा परिर्वतन आउँछ त्यसैले सङ्क्रमितलाई हेर्ने घृणित व्यवहार होईन पहिला भन्दा असल व्यवहार गर्दा राम्रो हुनेछ ।

अन्त्यमा, हामी कम्तिमा आफ्नो लागि स्वास्थ्य सामाग्रीको जोहो गरेका छौँ । आवश्यक स्वास्थ्य सामाग्री मास्क, पञ्जा, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री लगाएर मात्र घरबाहिर निस्कन्छौँ ।

बरु, समाजमा भीँड गरेर मास्क नलगाई कानैछेउमा मुख जोतेर अरुको कुरा काट्नेहरुदेखि सचेत रहन जरुरी छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन
टाकुरा विशेष

इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

by टाकुरा न्यूज । इटहरी
असार ८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.