इटहरी : पछिल्लो समय पुँजीवादका कारण संस्कृति निर्माण गर्नका निम्ति समस्या भइरहेको वक्ताहरूले बताएका छन् ।
बुधबार इटहरीमा पेसागत महासंघ सुनसरीद्धारा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले संस्कृति निर्माण र रूपान्तरणका निम्ति पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
कलालय इटहरीका अध्यक्षसमेत रहेका नाट्यकर्मी सोनु जयन्तीले जीवनमा थाहा हुनु र हुनुबीचको अन्तर छुट्याउनुपर्ने सुनाए । यो विभेदलाई छुट्याएर त्यसलाई चिर्नुपर्ने उनले बताए ।
‘संस्कृतिको कुरा गर्दा भूगोलको कुरा आउँदोरहेछ । मानिस कोही मान्छे गोरा छन्, कोही काला छन् । हरेक ठाउँको संस्कार र संस्कृति फरक हुनुको कारण भनेको भूगोल नै हो,’ उनी भन्छन्, ‘भूगोल र वरिपरीको वातावरणले निर्माण गर्ने चीज र जीवनशैलीको रूपमा जे उतारिन्छ त्यो नै संस्कृति हो ।’
भूगोल फरक हुनेबित्तिकै बजारीकरण र काम गर्ने तरिका नै अलग हुने उनको तर्क छ । सांस्कृतिक रूपान्तरण भनेको रूपलाई अन्तर पार्ने प्रक्रिया रहेको उनले सुनाए । जे भइरहेको थियो, त्यो होइन, त्यसलाई राम्रो कसरी गर्ने भन्ने बोध हुनु नै सांस्कृतिक रूपान्तरण रहेको उनको भनाइ छ ।
‘हामी घाम उदाउनेबित्तिकै पूर्वतिर फर्किएर घामलाई ढोग्छौँ । तर, साउदी अरबमा जाने हो भने घाम अस्ताएपछि ढोगिन्छ । अर्थात्, जब चन्द्रमा टल्कन्छ अनि पुजिन्छ । घाम र चन्द्रमालाई पुज्ने उदाहरण दिनुको कारण भनेको भूगोलको कुरा हो । त्यसैले हरेकको संस्कार, संस्कृति सम्मानित हुनुपर्छ,’ उनले भने ।
विश्वमा निर्माण भएका संगीत र बाजाहरू पछाडि पनि भूगोल रहेको उनको भनाइ छ ।
आवश्यकताले फरक चिजको आविष्कार गर्ने उनले सुनाए । ‘आवश्यकताले आविष्कार गर्ने र हामीले त्यसलाई प्रयोग गरिरहेका छौँ । सँगै चेतनाको विकास पनि भइरहेको हुन्छ,’ जयन्ती भन्छन्, ‘एउटा हात्तीलाई जन्मेदेखि यसरी बाँधिन्छ कि, पछि उसलाई परालको त्यान्द्रोले बाँधिदिनुहोस् त्यो हिँड्दैन । किनभने हामीभित्र एउटा लक छ, त्यो लक भत्कन आवश्यक छ ।’
मानिसभित्र मानिसले नै एउटा डर छाडेको र त्यसलाई तोड्न आवश्यक रहेको उनी बताउँछन् ।
‘हामीले बच्चालाई राति बाहिर हिँड्न हुँदैन, भूत लाग्छ भन्यौँ । किनभने सानैदेखि हामीले त्यो लक बनाइदियौँ । त्यति मात्रै भत्कियो भने सांस्कृतिक रूपान्तरण सम्भव छ,’ उनले भने ।
भिडियो














Discussion about this post