इनरुवा : सुनसरीको इनरुवा नगरपालिकामा नगरको शैक्षिक सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ज्ञापन पत्र बुझाएको छ ।
महासंघका सचिव राकेश निरौलाका अनुसार इनरुवा उपप्रमुख विनिता कुमारी मेहतालाई इनरुवा नगरपालिकामा १३ बुदें ज्ञापन पत्र बुझाएको हो ।
महासंघका नगर अध्यक्ष जयकृष्ण यादव र सचिव निरौलाद्धारा हस्ताक्षर पत्रमा भनिएको छ, “विद्यालयमा समुदायको प्रतिनिधिहरूले अभिभावकको प्रतिनिधित्व गर्दै, विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रावधान २०२८ सालदेखि कायम छ । विद्यालयका व्यवस्थापन समितिलाई आफ्नो अधिकार क्षेत्र पनि थाहा नहुने, विद्याललय समितिलाई अन्य सम्बद्ध सरोकारवालाका तर्फबाट खोजीसमेत नहुने, विद्यालयको सिकाई उपलब्धि खस्किदैँ जाने, सामुदायिक विद्यालय प्रशासन प्र.अ.समितिको अध्यक्षकाबीचमा समन्वय तथा विद्यालय सुधार लगायत अन्य शैक्षिक गुणस्तरको विषयमा एकमत नभएको, निर्णयमा विवाद हुने गरेको अवस्थामा निर्णय भएता पनि कार्यान्वयन गर्ने समयमा एकले अर्कालाई सहयोत्मक भूमिकामा नरहनु सामुदायिक बिद्यालय सुधार नहुनुमा धेरै कारणहरु मध्ये सरकार, जनप्रतिनिधि र स्थानीय तथा अभिभावक रहेको छ ।”
बालविकास केन्द्रदेखि कक्षा ५ सम्म मातृभाषा तथा अग्रेंजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने, शिक्षक तथा प्रधानाध्यापकलाई समय अनुकूल पेसागत क्षमता विकास तालिम र विधालयमा अतिरिक्त सेवा वा काम गर्नेलाई प्रोत्साहन सुविधाको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।














Discussion about this post