इटहरी : सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । आरक्षका क्षेत्रमा नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो ।
चराविद् अनिष तिम्सिनाका अनुसार नेपालमा सन् १९८२ मा रारा राष्ट्रिय निकुञ्जको रारा लेकमा पहिलोपटक विदेशी नागरिकले नेपालमा अभिलेख गरिएको ‘लालकण्ठे फालारोप’ चरा सन् २००८ मा से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको फोक्सुण्डो लेकमा दोस्रो पटक २६ वर्षपछाडि विदेशी नागरिकले नै अभिलेख गरिएको हो ।
तेस्रो पटक कोशी टप्पुमा वि.सं. २०८२ साल जेठ १५ गते विहान ११ बजेर ३० मिनेटको समयमा कोसी ब्यारेज क्षेत्रमा ‘लालकण्ठे फालारोप’ चराको रेकड गरिएको उनले बताए ।
नदी क्षेत्रमा विचरण गर्दै गरेको अवस्थामा चराविद् तिम्सिनाले नेपालमा तेस्रो पटक ‘लालकण्ठे फालारोप’ चरा कोशी टप्पुको ब्यारेज क्षेत्रमा अभिलेख गरेका हुन् ।
नेपालबाट हवाइ मार्गको प्रयोग गरेर साइबेरियाको माथिल्लो क्षेत्रमा बच्चा कोरल्न पुग्ने लालकण्ठे फालारोप नेपालमा दुर्लभै मात्रामा भेट्न सकिने बताइन्छ ।














Discussion about this post