गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश
इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा...
आऊन् समाऊन् यी हात मेरा
छाडी नजाऊन् यी हात मेरा
हाम्रो सहारा भेट्यौँ भनेर
छामी रमाऊन् यी हात मेरा
आनन्द लागोस् बच्चाहरूलाई
कोमल बनाऊन् यी हात मेरा
बग्नेहरूले ऐया भनेनन्
भन्दै छुटाऊन् यी हात मेरा
भेटी मलाई हेरी अवस्था
तस्बिर बनाऊन् यी हात मेरा
—-
भट्टराई इटहरीमा रहेर साहित्य सिर्जनामा क्रियाशील छन् । साहित्य सिर्जनासँगै उनी अध्यापन पेसामा समेत आबद्ध छन् । साहित्य र शिक्षणलाई समानान्तर रूपमा अघि बढाउँदै आएका भट्टराईले साहित्यका माध्यमबाट समाज, जीवन र समकालीन विषयलाई अभिव्यक्त गर्दै आएका छन् ।
इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा...
इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ...
Discussion about this post