Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८२
in समाचार
0
बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने
473
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार, प्रविधि र विद्यार्थी हितका विविध पक्ष समेटेर सेवाहरूको विस्तार गरिएको छ।

प्रतिष्ठानले गम्भीर क्यान्सर पीडितहरूलाई लक्षित गर्दै घरमै उपचार सेवा सुरु गरेको छ ।

मोबाइल एपमार्फत ओपीडी सेवा र ल्याब रिपोर्ट हेर्न सकिने व्यवस्था मिलाएको छ भने विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष इकाईसमेत गठन गरेको छ।

क्यान्सरका गम्भीर बिरामीहरूलाई लक्षित गर्दै प्रतिष्ठानले “घरमै उपचार सेवा” सुरु गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए ।
उनका अनुसार अस्पताल आउन नसक्ने अवस्थामा रहेका बिरामीहरूको घरमै गएर आवश्यक उपचार प्रदान गरिनेछ। प्रशिक्षित चिकित्सक र नर्सको टोलीले सेवा दिने व्यवस्था मिलाइएको उनले बताए ।

यो सेवा काठमाडौं बाहिर पहिलोपटक धरानबाट सुरु भएको हो। प्रारम्भिक चरणमा धरान उपमहानगरभित्र मात्र उपलब्ध रहने सेवा वापत एक हजार पाँच शुल्क तोकिएको छ भने विपन्न बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइनेछ।

मोबाइल एपमार्फत डिजिटल सेवा

सेवा सरल बनाउन प्रतिष्ठानले मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको छ। अब बिरामीहरूले घरमै बसेर सामान्य ओपीडी टिकट दर्ता गर्न सक्नेछन्।

एपमार्फत ओपीडी समय, चिकित्सकको टोकन नम्बर र भुक्तानी विवरण थाहा पाउन सकिनेछ। साथै, ल्याब रिपोर्ट पनि एपमै हेर्न र डाउनलोड गर्न सकिने सुविधा थप गरिएको छ।

साथै, प्रतिष्ठानले विद्यार्थीसँग सम्बन्धित स्वास्थ्य सेवा विस्तारसमेत गरेको छ। उपकुलपति डा. संजीव कुमार शर्माको अगुवाइमा ‘विद्यार्थी स्वास्थ्य प्रवर्द्धन इकाई’ गठन गरिएको छ। यसले विद्यार्थीको शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य, पोषण र तनाव व्यवस्थापनमा काम गर्नेछ।

व्यायामशाला, खेलकुद, योगा कक्षा, साइकल भाडामा उपलब्ध गराउने, मानसिक परामर्श, हेल्पलाइन सेवा, व्यक्तिगत ‘मेन्टर(प्रिसेप्टर’ प्रणाली पुनःसञ्चालनजस्ता कार्यक्रम सुरु गरिएको छ।

त्यसैगरी, स्नातक तहका विद्यार्थीको चिकित्सकीय अभ्यास विस्तार गर्ने उद्देश्यले “क्यान्सर जनचेतना क्लब” र “अनुसन्धान क्लब” गठन गरिएको छ। यी क्लबमार्फत विद्यार्थीहरूले क्यान्सर शिक्षामा योगदान दिने, सामुदायिक सञ्जाल निर्माण गर्ने र अनुसन्धानमा अभ्यस्त हुने वातावरण तयार गरिने विश्वास लिइएको छ।

सेवा विस्तारको उद्देश्य बिरामीलाई सहज सेवा दिनु मात्र नभई, डिजिटल प्रविधि, भावनात्मक हेरचाह, र विद्यार्थी कल्याणलाई समेत संस्थागत बनाउनु रहेको बताइएको छ ।

Tags: #धरान#वीपी प्रतिष्ठानबीपी कोइराला स्वास्थ्य विज्ञानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1362 shares
    Share 545 Tweet 341
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    509 shares
    Share 204 Tweet 127
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.