Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८२
in समाचार
0
बीपी प्रतिष्ठानमा सेवा विस्तार : घरमै क्यान्सर उपचार, मोबाइलबाटै ओपीडी टिकट काट्न मिल्ने
475
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार, प्रविधि र विद्यार्थी हितका विविध पक्ष समेटेर सेवाहरूको विस्तार गरिएको छ।

प्रतिष्ठानले गम्भीर क्यान्सर पीडितहरूलाई लक्षित गर्दै घरमै उपचार सेवा सुरु गरेको छ ।

मोबाइल एपमार्फत ओपीडी सेवा र ल्याब रिपोर्ट हेर्न सकिने व्यवस्था मिलाएको छ भने विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष इकाईसमेत गठन गरेको छ।

क्यान्सरका गम्भीर बिरामीहरूलाई लक्षित गर्दै प्रतिष्ठानले “घरमै उपचार सेवा” सुरु गरेको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए ।
उनका अनुसार अस्पताल आउन नसक्ने अवस्थामा रहेका बिरामीहरूको घरमै गएर आवश्यक उपचार प्रदान गरिनेछ। प्रशिक्षित चिकित्सक र नर्सको टोलीले सेवा दिने व्यवस्था मिलाइएको उनले बताए ।

यो सेवा काठमाडौं बाहिर पहिलोपटक धरानबाट सुरु भएको हो। प्रारम्भिक चरणमा धरान उपमहानगरभित्र मात्र उपलब्ध रहने सेवा वापत एक हजार पाँच शुल्क तोकिएको छ भने विपन्न बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइनेछ।

मोबाइल एपमार्फत डिजिटल सेवा

सेवा सरल बनाउन प्रतिष्ठानले मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको छ। अब बिरामीहरूले घरमै बसेर सामान्य ओपीडी टिकट दर्ता गर्न सक्नेछन्।

एपमार्फत ओपीडी समय, चिकित्सकको टोकन नम्बर र भुक्तानी विवरण थाहा पाउन सकिनेछ। साथै, ल्याब रिपोर्ट पनि एपमै हेर्न र डाउनलोड गर्न सकिने सुविधा थप गरिएको छ।

साथै, प्रतिष्ठानले विद्यार्थीसँग सम्बन्धित स्वास्थ्य सेवा विस्तारसमेत गरेको छ। उपकुलपति डा. संजीव कुमार शर्माको अगुवाइमा ‘विद्यार्थी स्वास्थ्य प्रवर्द्धन इकाई’ गठन गरिएको छ। यसले विद्यार्थीको शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य, पोषण र तनाव व्यवस्थापनमा काम गर्नेछ।

व्यायामशाला, खेलकुद, योगा कक्षा, साइकल भाडामा उपलब्ध गराउने, मानसिक परामर्श, हेल्पलाइन सेवा, व्यक्तिगत ‘मेन्टर(प्रिसेप्टर’ प्रणाली पुनःसञ्चालनजस्ता कार्यक्रम सुरु गरिएको छ।

त्यसैगरी, स्नातक तहका विद्यार्थीको चिकित्सकीय अभ्यास विस्तार गर्ने उद्देश्यले “क्यान्सर जनचेतना क्लब” र “अनुसन्धान क्लब” गठन गरिएको छ। यी क्लबमार्फत विद्यार्थीहरूले क्यान्सर शिक्षामा योगदान दिने, सामुदायिक सञ्जाल निर्माण गर्ने र अनुसन्धानमा अभ्यस्त हुने वातावरण तयार गरिने विश्वास लिइएको छ।

सेवा विस्तारको उद्देश्य बिरामीलाई सहज सेवा दिनु मात्र नभई, डिजिटल प्रविधि, भावनात्मक हेरचाह, र विद्यार्थी कल्याणलाई समेत संस्थागत बनाउनु रहेको बताइएको छ ।

Tags: #धरान#वीपी प्रतिष्ठानबीपी कोइराला स्वास्थ्य विज्ञानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    834 shares
    Share 334 Tweet 209
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.