Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८२
in समाचार
0
“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह
62
SHARES
Share on FacebookShare on Twitter

इटहरी : “सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना” भन्ने सन्देशससहित कोशी प्रदेशमा प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८२ को शुभारम्भ गरिएको छ।

प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम विराटनगरको महेन्द्र चोकदेखि प्रभातफेरीमार्फत सुरु भई सिटी हलमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी विधिवत रूपमा गरे । उनले कार्यक्रममा ट्राफिक सचेतनामूलक श्रव्यदृश्य सामग्री “सुरक्षित यात्रा” सार्वजनिक गर्नुका साथै सार्वजनिक यातायातका साधनमा यात्रु गुनासो तथा सुझाव संकलनका लागि क्यूआर कोडको स्टिकर टाँस गरे।

मुख्यमन्त्री कार्कीले सवारी दुर्घटना न्यूनीकरणको लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउँदै विद्यालय तहबाटै ट्राफिक शिक्षा सुरु गर्नु दीर्घकालीन समाधानको उपाय हुने धारणा व्यक्त गरे। यसैक्रममा ट्राफिक सेवामा उल्लेखनीय योगदान पु‍र्‍याउने व्यक्तिहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले ट्राफिक व्यवस्थापन सुधार र दुर्घटना न्यूनीकरणका लागि आवश्यक स्रोत-साधन उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठ, तथा निमित्त प्रदेश प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत वक्ताहरूले ट्राफिक सप्ताहको औचित्यमाथि प्रकाश पार्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राखेका थिए।

सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकैसाथ ट्राफिक सप्ताह सुरु गरिएको हो। आगामी एक सातासम्म हरेक जिल्लामा विविध ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।

Tags: #ट्राफिककोसी प्रदेशट्राफिक प्रहरीट्राफिक सचेतना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
समाचार

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

by रासस
बैशाख ८, २०८३
0

झापा : भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको...

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई
FEATURE BREAKING

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको...

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

बैशाख ८, २०८३
इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

बैशाख ८, २०८३
सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.