Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानकाे हरियालीवासी जोखिमयुक्त यात्रा गर्न बाध्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १६, २०८२
in समाचार
0
धरानकाे हरियालीवासी जोखिमयुक्त यात्रा गर्न बाध्य
86
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

“वर्षदिन भयो पुल भत्किएको पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ,” स्थानीय जीवन तामाङले भने, “साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ । अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ भन्ने त्रास छ, तर विकल्प छैन ।”

उनका अनुसार पुल भत्किएपछि पैदल यात्रुले जोखिम मोलेर आवतजावत गरिरहेका छन्भने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् ।

“सवारीसाधनले त घुमाउरो बाटो समात्छन्, तर हामीजस्ता बूढापाका, बालबालिका र विद्यार्थीहरू जोखिम मोलेर हिँड्नुपरेको छ,” स्थानीय ७९ वर्षीय अमृत श्रेष्ठले भने, “पुल नहुँदा बिरामी बोकेर अस्पताल लैजान एम्बुलेन्सलाई समस्या भएको छ ।” पहिले यही पुल प्रयोग गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न छोटो दूरी थियो, अहिले वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्दा बिरामी ढिलो पुग्ने र त्यसले गम्भीर असर पारिरहेको स्थानीयको भनाइ छ ।

वर्षायाम सुरू भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए।

उनका अनुसार विसं २०१७ मा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर निर्माण गरिएको सो पुल अहिले पूर्ण रूपमा भत्किएको छ । मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गर्दा पुल भत्किएको उनको भनाइ छ ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताए। उनले चाँडै पुल पुनःनिर्माणको प्रक्रिया सुरु गरी स्थानीयको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए।

मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल ठीकठाक देखिएपछि त्यहीँमाथि कालोपत्र गरिएको थियो।

तर कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेकाले भाँचिएको उनले बताए।

कल्भर्ट भाँचिएपछि अस्थायी रूपमा बनाइएको बाटो पनि पुनः बाढीले बगाएपछि साना सवारी र टेम्पो सञ्चालन गर्न मिल्नेगरी साइडबाट अस्थायी फलामको पुल बनाइएको उनले जानकारी दिए।

स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरू गरिने उनले बताए।

उनका अनुसार पुल निकै पुरानो भएकाले त्यसको लागत र विवरण अभिलेखमा छैन । हालैको बाढीले खहरे खोलामा भित्री कटान बढाएपछि स्थानीयमा थप त्रास फैलिएको उनको भनाइ छ ।

खोलाले धेरै कटान गरिसकेको छ । नयाँ पुल निर्माण अत्यावश्यक छ । अध्ययन गरेर निर्माण गर्नुपर्छ र त्यसका लागि केही समय लाग्न सक्ने, इन्जिनियर खड्काको भनाइ छ ।

धरान बजार क्षेत्रका ढल खहरेमा मिसिने भएकाले बर्खामा पानीको बहाव अत्यधिक हुने र खहरेको धार परिवर्तन भई बस्तीमा पस्न सक्ने स्थानीयको चिन्ता छ ।

स्थानीयले पुलको पुनःनिर्माणमा शीघ्रता अपनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरिरहेका छन् । पुल निर्माणमा ढिलाइ हुँदा जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ ।

Tags: #धरान#राससजोखिमयुक्त यात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    843 shares
    Share 337 Tweet 211
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.