झापा : मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा झापाको गौरादहमा एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा गौरादह नगरपालिका–जोरघरे निवासी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार उनी मंगलबार राति घरदेखि झन्डै १० मिटर पूर्व–उत्तरतर्फ रहेको मोटर प्रयोग गरी खेतमा सिँचाइ गरिरहेकी थिइन्। सोही क्रममा अचानक करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post