Saturday, April 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई नयाँ उपचार सेवा सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८२
in समाचार
0
वीपी प्रतिष्ठानमा अख्तियारको छापा
1.8k
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ प्रविधिमार्फत उपचार सेवा विस्तार गरेको छ।

प्रतिष्ठानले दीर्घकालीन पीडाको उपचारका लागि रेडियोफ्रिक्वेन्सी एब्लेशन सेवा (आरएफए) र हाडजोर्नी सम्बन्धी रोगको प्रारम्भिक पहिचानका लागि हड्डीको घनत्व परीक्षण गर्ने (डीइएक्सए) सेवा सञ्चालनमा ल्याएको हो।

एनस्थेसियोलोजी विभागको पहलमा प्रतिष्ठानले पहिलो पटक रेडियोफ्रिक्वेन्सी एब्लेशन सेवा सुरु गरेको प्रतिष्ठानले जनाएको छ। यस प्रविधिबाट विशेषगरी ट्राइजेमिनल न्यूराल्जियाजस्ता स्नायु रोगको उपचार सम्भव भएको छ।

पहिलो परीक्षणमा ट्राइजेमिनल न्यूराल्जिया भएका बिरामीको ग्यासेरियन ग्याङ्ग्लियनमा रेडियोफ्रिक्वेन्सी एब्लेशन सफलतापूर्वक सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ। अनुहारमा असह्य बिझाउने वा चुडिएको जस्तो पीडा हुने यस रोग सामान्य औषधिले निको नहुने भएकाले उक्त सेवा प्रभावकारी विकल्प मानिन्छ।

फ्लोरोस्कोपी प्रविधि प्रयोग गरेर हुने यो प्रक्रिया सटीक र सुरक्षित हुने बताइएको छ। यसले मेरुदण्ड, घुँडा, काँध, आथ्राइटिसजन्य पिडा, ओसिपिटल न्यूराल्जिया, क्यान्सरजन्य पीडा तथा शल्यक्रियापछि बाँकी रहने पीडामा समेत उपयोगी हुने चिकित्सकहरू बताउँछन्।

सही बिरामी छनोट र विशेषज्ञताको प्रयोग भएमा यसले लामो समयसम्म पीडाबाट राहत दिलाउने र औषधि सेवन कम गर्ने सुविधा मिल्छ।

प्रतिष्ठानले यो सेवा सुरु गर्नु पूर्वी नेपालमा दीर्घकालीन पीडा व्यवस्थापनमा नयाँ अध्याय भएको जनाएको छ।

हाडजोर्नी विभागको ओपीडीमार्फत प्रतिष्ठानले डीइएक्सए सेवा पनि सुरु गरेको छ। यस प्रविधिबाट हड्डीको घनत्व मापन गर्न सकिन्छ, जसले हड्डी कमजोर हुने रोगको प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन मद्दत गर्छ।

उमेर बढ्दै जाँदा वा कतिपय अवस्थामा कम उमेरमै हड्डी कमजोर हुने समस्या देखिने भएकाले डीइएक्सए स्क्यान प्रभावकारी परीक्षण हुने चिकित्सकहरूको भनाइ छ। समयमै निदान गरी उपचार गरे बिरामीलाई गम्भीर अवस्थाबाट जोगाउन सकिने विश्वास लिइएको छ।

हाल यो परीक्षण हरेक दिन उपलब्ध हुने र परीक्षण शुल्क सम्बन्धी विवरण प्रतिष्ठानले जारी गरेको परिपत्रअनुसार लागु हुने जनाएको छ।

प्रष्तिठानका सह–प्रवक्ता डा. अभिजीत कुमारका अनुसार नवीनतम प्रविधिमार्फत बिरामीलाई उत्कृष्ट उपचार सेवा पुर्‍याउने उद्देश्य लिइएको छ। यी दुई सेवाले बिरामी उपचारमा थप सहजता ल्याउने अपेक्षा गरिएको उनले बताए।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर...

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा
विविध

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

by टाकुरा न्यूज । इटहरी
चैत्र २८, २०८२
0

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहाव सँगसँगै यात्रा गरिरहेका किसान । भोजपुर, उदयपुर, धनकुटालगायत विभिन्न...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

चैत्र २८, २०८२
एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

एसिएन हाइवे : काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, कारण इन्धन संकट

चैत्र २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

चैत्र २८, २०८२
सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

सप्तकोशीमा पानीको बहावसँगै जोखिमपूर्ण चेफाको यात्रा

चैत्र २८, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ

चैत्र २८, २०८२
यातायात कार्यालय इटहरीमा अनियमितता, प्रमुख मन्त्रालय तानिए

लाइसेन्स ‘सेटिङ’ आरोपमा यातायात इटहरी कार्यालयका तत्कालीन प्रमुखले पाए उन्मुक्ति

चैत्र २८, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1068 shares
    Share 427 Tweet 267
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    687 shares
    Share 275 Tweet 172
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    329 shares
    Share 132 Tweet 82
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    215 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.