Saturday, July 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पूर्वीनाकाबाट माइती नेपालद्वारा एक वर्षमा १८ जनाको उद्धार

रासस by रासस
भदौ १४, २०८२
in समाचार
0
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
61
SHARES
Share on FacebookShare on Twitter

झापा : मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो ।

माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिए । उनका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् ।

पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

आव २०८०/८१ मा ६२ हराएको निवेदन आएकामा १६ जना भेटिएका कार्यालयले जनाएको छ । भारततर्फ जोखिमपूर्वक जान लागेका एक सय ६८ जनालाई सो अवधिमा सीमाबाट फर्काइएको थियो ।

‘वैदेशिक रोजगारी र विवाहको नाममा परिवारलाई थाहै नदिई भारत जानेहरू हराएको भनेर आफन्तले भन्ने गर्नुहुन्छ’, प्रमुख घिमिरेले भने- ‘हराउनेहरू अधिकांश महिला हुने गरेका छन् । खोज्दै जाँदा कतिपय मानव बेचबिखन गर्ने गिरोहको शिकार भएको पाइन्छ भने कतिपय अलपत्र परेर भौतारिरहेको अवस्थामा भेटिनुहुन्छ ।’

भेटिएका व्यक्तिलाई अभिभावकले कार्यालयमा आएर जिम्मा बुझेर लैजाने गरेका उनले जानकारी दिए । परिवारबाट विरक्तिएर जानेहरू भारततिरै रोजगारी गरेर लुक्ने र कतिपयले नयाँ घरजम गरेर बस्ने भएकाले हराएकामध्ये धेरैजसो नभेटिएका घिमिरेको भनाइ छ ।

उनका अनुसार माइती नेपालद्वारा पूर्वीनाका काँकडभिट्टामा तैनाथ गरिएको टोलीले भारततर्फ जान लागेका संदिग्ध बालबालिका, किशोरी र महिलाको नियमित निगरानी गर्दै आएको छ ।

आव २०८१/८२ मा जोखिममा परेर भारत जान लागेका एक सय ५८ जनालाई संस्थाले सम्झाइबुझाइ नाकामा रोकेर घर फर्काएको छ । नाकाबाट लुकीछिपी गएका चार जनालाई भारतबाट उद्धार गरेर ल्याइएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

उनका अनुसार विगतको तुलनामा पूर्वीनाकामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीको निगरानी कडा रहेको छ ।

चेलीबेटी बेचबिखन रोकथामको क्षेत्रमा काम गर्दै आएका माइती नेपालसहित सरोकार भएका सङ्घसंस्थाले सुरक्षा निकायसँग सहकार्य गरिरहेका उनले जानकारी दिए ।

पूर्वी नाकामा कडाइ भए पति मानव बेचबिखनमा सक्रिय बिचौलियाहरूले झापाको सीमावर्ती गौडा र सहायक मार्गहरु प्रयोग गर्न थालेको घिमिरेले बताए ।

दक्षिणका भेगका गौरीगञ्ज, कचनकवललगायत ग्रामीण क्षेत्रका सडक प्रयोग गरेर मानव तस्करीका गतिविधि हुनसक्ने भएकाले स्थानीयले चासो बढाउनुपर्ने उनले उल्लेख गरे ।

स्थानीय सचेत भई कसैमाथि शङ्का लागेमा तत्काल प्रहरी वा सरोकार भएका निकायमा जानकारी गराउन उनले अनुरोध गरे ।

आव २०८१/८२ मा माइती नेपालको काँकडभिट्टा कार्यालयले दुई वटा बलात्कार र सात वटा घरेलु हिंसाका घटना सम्बन्धित निकायमा दर्ता गराएको छ ।

आव २०८०/८१ मा दुई वटा बलात्कार र १४ वटा घरेलु हिंसाका घटना दर्ता भएका कार्यालयले जनाएको छ ।

Tags: #उद्धार#झापापूर्वी नाकामाइती नेपाल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा
समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–२ गौरीगाउँबाट प्रहरीले भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। भरुवा बन्दुक पड्किएको आवाज...

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन
विविध

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

झापामा ४० वर्षको भूमिहीन जीवनपछि १७ परिवारले पाए लालपुर्जा

साउन ८, २०८३

भिजिट भिसा र एजेन्टको जालोमा युवा

साउन ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

साउन ८, २०८३
इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

साउन ८, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    627 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    599 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.