Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

परिवर्तनका लागि गोली खाने जनता, पद हत्याउने सँधै बाठाटाठा !

अनुसा थापा by अनुसा थापा
भदौ ३०, २०८२
in विचार
0
परिवर्तनका लागि गोली खाने जनता, पद हत्याउने सँधै बाठाटाठा !
63
SHARES
Share on FacebookShare on Twitter

दुई दशकअगाडि पाँच हजार रुपैयाँ मासिक तलब खाने कर्मचारीहरू अहिले ३५ देखि ४० हजार रुपैयाँ तलब महिनैपिच्छे बुझ्छन् ।

त्यहीँअनुसारले उनीहरूको सेवासुविधा पनि बढेको छ । गाडी, उपचारलगायत सबै सेवासुविधा पाउँछन् । यता, सामानको भाउ पनि ह्वात्तै बढ्यो ।

त्यतिबेला एक सय रुपैयाँ पर्ने सामानको मूल्य बढेर दुई हजार रुपैयाँ पुगेको छ । जग्गा दलालीले एक लाख रुपैयाँ आनामा बिक्री नहुने जग्गा ५०–६० लाख पुर्याए । सेयर र गाडीमा त्यसैगरी किर्ते मूल्य बढाइयो । बैंक तथा कम्पनीहरूले एक सय रुपैयाँ प्रति कित्तामा जारी गरेको सेयर ३२ सयसम्म पुग्यो ।

छिमेकी देशमा दुई लाख पर्ने गाडी यहाँ लाखौंमा बिक्री गरिन्छ । ८० रुपैयाँ तोलाको सुन दुई लाख १५ हजार रुपैयाँ पुगेको छ ।

सामानको मूल्य बढेतापनि सरकारले दिने क्षतिपूर्ति त यथावत नै छ । २०६१ माघ १९ गते पूर्वराजा ज्ञानेन्द्र शाहले सांसद विघटन गरेर सत्ता आफ्नो हातमा लिए । त्यसको विरोधमा २०६२ चैत २४ गतेबाट आन्दोलन शुरु भयो ।

२०६३ वैशाख ११ गते राजाले जनताको नासो जनतालाई फर्काउँदै संसद ब्यूँताइदिए । त्यसपछि १९ दिने आन्दोलन भयो । सयौंको मृत्यु भयो, ठूलो संख्यामा घाइते भए । आन्दोलनपछि बनेको सरकारले मृतकको परिवारलाई १० लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार गराइदिने निर्णय गर्यो ।

२०५२ फागुन १ गतेबाट शुरु भएको माओवादीको १० वर्षे जनयुद्दमा मरेका र २०४६ सालको आन्दोलनमा मरेकाहरु हेरेको हेर्यै भए ।
उनीहरूले क्षतिपूर्ति पाएनन् । सरकारले शहीद घोषणा गर्यो र त्यतिमै टार्यो । २०६३ चैत ७ गते गौर हत्याकाण्ड भयो । राजनीतिक कार्यक्रमका क्रममा भएको सो हत्याकाण्डमा मृतकहरुका परिवारले क्षतिपूर्ति पाएनन् ।

हाल जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको छ । सुशीला कार्की नेतृत्वको सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र शहीद घोषणा गर्ने निर्णय गरेको छ । अब सरकारले राष्ट्रको लागि भएका हरेक आन्दोलनमा बितेका र बेपत्ता भएकाको परिवारलाई क्षतिपूर्ति दिनुपर्छ ।

कसैलाई दिने, कसैलाई छुट्याउने गर्न पाइँदैन । सरकारले कुनैपनि नागरिकमाथि विभेद गर्न पाउँदैन । उनीहरूलाई पनि सरकारले क्षतिपूर्ति दिनुपर्छ । अर्कोतिर, १० लाख रुपैयाँ तिरेर जनताको ज्यान किन्न पाइँदैन । ऊ जिँउदो भएको भए कति कमाउँथ्यो ? सरकारले अब क्षतिपूर्ति रकम बढाउनुपर्छ ।

क्षतिपूर्ति रकम ५० लाख रुपैयाँ पुर्याउनुपर्छ । मर्नेलाई १० रुपैयाँ दिएर टार्ने अनि बाठाटाठाहरू प्रधानमन्त्री, मन्त्री बन्ने । कहिलेसम्म यो क्रम चल्ने हो ? जनताको छोराछोरीको रगतमा बाठाटाठाले मोजमस्ती गरिरहेका छन् । जसको घरको अभिभावक नै शहिद भएको छ, उसको घर कसरी चल्छ ?

तिनलाई किन पेन्सन नदिएको ? उनीहरूले कसरी खान्छन् ? सरकारले त उनीहरूलाई रोजगारी र पेन्सनको व्यवस्था मिलाउनुपर्छ । जेन जी आन्दोलनमा १३ देखि २८ वर्ष उमेर समूहका मात्र आइदिन भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा स्ट्याट्स नै लेखेका थिए ।

उक्त आन्दोलन नितान्त जेनजीको भएको बताउँदै उनले आफू पनि उमेरका कारण सहभागी नहुने बताए । भदौ २३ र २४ गते भएको आन्दोलनमा ७५ जनाको मृत्यु भएको छ । जसमा अधिकांश युवा छन् । मर्ने बेला युवा मरिदिनुपर्ने अनि प्रधानमन्त्री खाने ७३ वर्षको महिला ।

मन्त्री पनि सबै बुढा नियुक्ति गर्न थालिएको छ । रोचक प्रसंग के भने, मन्त्री बन्न लागेकाहरू सबै भूपू कर्मचारी छन् । त्यो पनि भ्रष्टाचारी । कानुनले २१ वर्ष नाघेपछि सांसद, मन्त्री र प्रधानमन्त्री हुन पाउने व्यवस्था गरेको छ । घाइतेहरु अधिकांश २१ वर्ष कटेका थिए । उनीहरूलाई प्रधानमन्त्री, मन्त्री बनाएको भए हुन्थ्यो ।

तर, कसैले उनीहरूलाई फर्केर पनि हेरेन । बालेनले कसरी सर्वसाधारणलाई झुक्यायो ? प्रष्ट भएको छ । आन्दोलनमा भुरा र युवालाई बोलाइयो । अनि खाने बेला सबै बूढा । राजाले संसद ब्यूताँएपछि २७५ जना सांसद बनाउने सहमति राजनीतिक दलहरूबीच भयो । त्योमध्येमा ८२ जना माओवादीबाट मनोनीत सांसद भएका थिए ।

सिन्धुपाल्चोकको ठोकर्पाको बागभैरवमा आर्मी र माओवादीबीच झडप हुँदा खुट्टा गुमाएकी २६ वर्षकी महिला सांसद बनेर संसद्मा गएकी थिइन् । अन्य घाइतेहरूलाई पनि सांसद् बनाइएको थियो । तर, अहिले घाइतेहरूलाई छुट्याइयो । बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल पनि मन्त्री बनेका छन् ।

अर्याललाई मन्त्री बनाउन यत्रो आन्दोलन गरिएको हो ? युवकलाई भर्याङ बनाएर बालेनले आफ्नो रोटी सेकेका छन् । जसले आन्दोलन गरेर नेता लखेटेका हुन्, उनैलाई सत्ता दिनुपर्छ । उनैले देश चलाउनुपर्छ । अहिले त काम गर्ने कालु, मकै खाने भालु जस्तो भयो । युवक मारेर बुढाखाडालाई प्रधानमन्त्री र मन्त्रीमा सिफारिस गर्न बालेनलाई लाज लाग्नुपर्दैन ?

युवालाई आन्दोलनमा आउन उक्साउने बालेन हुन् । जेन—जीको आन्दोलन भन्दै उनले युवकलाई सडकमा उतारे । त्यसपछि आफैंले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा समर्थन गरे । सुशीला के युवती हुन् ? बालेनले दोहोरो चरित्र देखाएका छन् । २०६५ जेठ १५ गते राजतन्त्र हटेर देशमा लोकतन्त्र गणतन्त्र आयो ।

राजधानीको लैनचौरमा शहीदहरूको शालिक बनाइयो । २०६५ सालपछाडि धेरै प्रधानमन्त्री भए । पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशिल कोइराला प्रधानमन्त्री बने । सबै जनाले राष्ट्रपतिबाट शपथ खाए ।

शपथ खाएपछि उनीहरू शहीदको शालिकअगाडि हात जोडेर बल्ल सिंहदरबार छिर्थें । तर, सुशीला सिभिल अस्पतालमा घाइते भेट्न पुगिन् । त्यसको साटो उनीहरूलाई मन्त्री बनाउन पहल गरेको भए हुन्थ्यो । जति मान्छे मरेपनि, राज्यको सम्पत्ति क्षति भएपनि पद पाउने दलाल, भ्रष्टाचारीहरूले मात्र हो ।

अब भनौं, लोकतन्त्र गणतन्त्र कसका लागि रहेछ ? गरिबको छोरो को पदमा पुगेको छ ? एउटाले दुःख गर्छ, अर्काले आएर त्यसले फाइदा उठाउँछ । बच्चाको काँधमा बन्दुक राखेर पड्काइएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई जनताले सोध्छन्,‘के २१ वर्ष पुगेकाहरू प्रधानमन्त्री बन्न मिल्दैन ?’

नेपालको संविधान, २०७२ ले २१ वर्ष पुगेपछि राज्यका जुनसुकै सार्वजनिक पदमा पनि जान पाउने व्यवस्था गरेको छ । तर, राष्ट्रपतिले पनि युवकलाई प्रधानमन्त्री बनाउन चाहेनन् । सर्वसाधारणले सँधै बूढा नेताले केही गरेनन् भन्थें । अब हेरौं, सुशीला कार्कीले के गर्लिन् ? नेपालको कानुनको ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भन्छ ।

सुशीला पनि ज्येष्ठ नागरिककै कोटामा पर्छिन् । अहिलेको आन्दोलनमा पनि कुनै परिवर्तन भएन । पुरानै दलजस्तो भयो । पहिले पुरुष प्रधानमन्त्री थिए, अहिले महिला । परिवर्तन यति नै हो । २०४६ सालअघि पेन्सन पाकेकाहरू राजनीतिमा आउन नपाउने व्यवस्था थियो ।

तर, राजनीतिक दलहरुले ऐन संशोधन गरेर पेन्सन पाकेपछि पनि राजनीति गर्न र सार्वजनिक पदमा जान पाउने कानुन बनाइयो ।

कर्मचारीहरूलाई राजनीतिक पार्टीको सदस्य बनाइयो । प्रधानमन्त्री खिलराज रेग्मीको पालामा यो निर्णय भएको हो । भूपू कर्मचारीहरू त्यतिबेला मन्त्री भए । त्यसपछि कर्मचारी पनि मन्त्री बन्न थाले । राजनीतिक दलहरूले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका छन् ।

(थापाको यो निजी विचार हो ।)

Tags: #विचारअनुसा थापा
अनुसा थापा

अनुसा थापा

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by अनुसा थापा
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
टाकुरा विशेष

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अनुसा थापा
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३

किताबको भयदेखि जीवनको लयसम्म

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.