Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

बदलाभावको चक्रले नेपाली समाजलाई हामीले अपेक्षा गरेको ठाउँमा लिएर जान सक्छौ कि सक्दैनौँ भन्ने प्रश्णको भूमरीमा फसिरहिन्छ ।

प्रकाश राई by प्रकाश राई
अशोज १, २०८२
in टाकुरा विशेष, विचार
0
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज
276
SHARES
Share on FacebookShare on Twitter

समाजशास्त्री सि. राईटस् मिल्सले समाजशास्त्रीय परिकल्पना भन्ने सिद्दान्त अगाडि सार्दै व्यक्तिगत जीवनको सफलता असफलता समाजिक सन्दर्भ र इतिहाससँग अथवा समाजसँग निरपेक्ष हुँदैन ।

बेरोजगार, सार्वजनिक क्षेत्रमा खुलेआम पक्षपात, भ्रष्टाचार आदिको कारणले समाज दिक्कलाग्दो अवस्थामा पुगेको र आशा र विकल्पहीन अनुभूतिमा समाज रहेको अवस्थामा विष्फोट भयो । 

सामाजिक सन्दर्भ र संरचनाहरूले व्यक्तिको जिन्दगीको गुणस्तर निर्धारण गर्दछ । समाजशास्त्रको मनसुवा मान्छेलाई समाजसँग जोड्नेमा हुन्छ । जब मानिस भाग्यवादवाट माथि उठेर सामाजिक संरचनाहरूकै कारण आफ्नो जिन्दगीमा अनेक प्रतिकुलताहरूको श्रृष्टि भएको कुरा बुझ्दछ त्यसैको फलस्वरूप समाजमा विद्रोहहरू देखा पर्छ ।

यस्तो प्रक्रियाले नै समाजमा नयाँ सम्भावनाहरू खोल्छन् । हालै सम्पन्न जेन-जी को सम्पन्न आन्दोलन र यसको प्रभावको सन्दर्भमा राजनीतिक सवालमा मार्फत भन्दा पनि समाजलाई पार्ने प्रभावको बारेमा केही संक्षिप्त चर्चा गर्ने प्रयास हुनेछ ।

जेन जी को आन्दोलनमार्फत निराशाहरूको विष्फोटन

सतहमा हेर्दा जेन जी ले कुशासन र खासगरी अभिव्यक्ति स्वतन्त्रको निर्विकल्प माध्यमको रूपमा स्थापित भएको सामाजिक सञ्जालको वञ्चितिकरणको विरूद्ध आन्दोलनको घोषणा गरिएपनि नेपाली समाजमा रहेको विभिन्न रूपमा प्रकट भएको निराशाहरूको अभिव्यक्ति हो ।

समाजमा धमिलो पानी बनाएर राजा फर्कने हल्ला गरिहरने राजावादी भन्नेहरूको उत्साहले यो चरम अस्थिरतामा कुनै उपलब्धि हासिल गर्न नसक्ने स्थिति हुनु र समाज एकढिक्का गणतन्त्रको पक्षमा उभिनु र जेन जीहरू गणतन्त्रमा प्रतिबद्ध हुनुले समाज पछाडि फर्कदैन भन्ने कुरा स्थापित भएको छ ।

बेरोजगार, सार्वजनिक क्षेत्रमा खुलेआम पक्षपात, भ्रष्टाचार आदिको कारणले समाज दिक्कलाग्दो अवस्थामा पुगेको र आशा र विकल्पहीन अनुभूतिमा समाज रहेको अवस्थामा विष्फोट भयो । र, यसको विष्फोटनको खास कारण स्वस्फूर्त आन्दोलन र औपचारिक नेतृत्वविहीन आन्दोलनको रूपमा रह्यो । नेतृत्व घोषित गरेर आन्दोलन हुन सक्ने अवस्था थिएन ।

नेपाल समाजमा यति धेरै अविश्वासको वातावरण छ, जो कोहीलाई सहजै नेतृत्व स्वीकार्न तयार छैन । जेन जी को आन्दोलन राजनीतिक संरचना नै फेरबदल गर्ने खालको भन्दा पनि खबरदारी गर्ने खालको थियो । तर आन्दोलन यस्तो गुणात्मक प्रभावमा परिणत भयो, जुन कारणले राजनीतिक फेरबदलमा योगदान गर्यो ।

नेपालको राजनीतिमा बदलाको चक्र निरन्तर चलिहरेको स्थितिबाट नेपाली समाजले त्राण पाएको छैन । यो बदलाको चक्र नेपाली समाजको एउटा कलंकको रूपमा रहेको देखिन्छ । राणाहरूलाई कांग्रेसको सशस्त्र संघर्षको माध्यमबाट पराजित गर्दा जनमुक्ति सेनाले राणाको विता खानेदेखि लिएर उसका सहयोगीमाथि गरेको वरवर्तापूर्ण अमानवीय व्यवहारको कथा समाजमा आज पनि यदाकदा सुन्न पाइन्छ ।

लोकतन्त्रको सर्भिसिङमा योगदान र समाज पछाडि फर्कदैन भन्ने प्रमाणीकरण

लोकतन्त्रको निरन्तर सर्भिसिङ गर्नुपर्छ भन्ने सवाललाई यो आन्दोलनले योगदान गरेको छ । लोकतन्त्रको मुल प्रश्न भनेको पारदर्शीता र जवाफदेहीता हो । यो आन्दोलनले पारदर्शीताको र जवाफदेहीतामा गम्भीर प्रश्न उठाएको छ ।

भ्रष्टाचारको विरूद्धमा एकखालको राष्ट्रिय माहौल बनिरहेको छ । समाजमा नयाँ संकथनको कुरा पनि अगाडि बढेको छ । तर, अकस्मात हौसिएको राजवादी प्रतिगामी शक्तिहरू हिस्स बनेको छ ।

समाजमा धमिलो पानी बनाएर राजा फर्कने हल्ला गरिहरने राजावादी भन्नेहरूको उत्साहले यो चरम अस्थिरतामा कुनै उपलब्धि हासिल गर्न नसक्ने स्थिति हुनु र समाज एकढिक्का गणतन्त्रको पक्षमा उभिनु र जेन जीहरू गणतन्त्रमा प्रतिबद्ध हुनुले समाज पछाडि फर्कदैन भन्ने कुरा स्थापित भएको छ ।

यो सबैको जोडफलमा जेन जी को आन्दोलनले हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई सर्भिसिङ गर्नमा ऐतिहासिक योगदान गरेको छ । यसले केही नयाँ आशा र जागरणहरू ल्याउन सक्ने कुरालाई उज्यालोको रूपमा हेर्न सकिन्छ ।

बदलाको दुष्चक्रमा समाज फसिरहने चिन्ता र अराजकताको असीमितता

नेपालको राजनीतिमा बदलाको चक्र निरन्तर चलिहरेको स्थितिबाट नेपाली समाजले त्राण पाएको छैन । यो बदलाको चक्र नेपाली समाजको एउटा कलंकको रूपमा रहेको देखिन्छ ।

र, यो सरकारले यति छोटो समयमा आन्दोलनको आकांक्षलाई सम्बोधन गर्न सक्छ त ? नसक्दा सिर्जना हुने निराशा कस्तो भयनक हुने भन्ने आँकलन गर्नुपर्ने हुन्छ ।

राणाहरूलाई कांग्रेसको सशस्त्र संघर्षको माध्यमबाट पराजित गर्दा जनमुक्ति सेनाले राणाको विता खानेदेखि लिएर उसका सहयोगीमाथि गरेको वरवर्तापूर्ण अमानवीय व्यवहारको कथा समाजमा आज पनि यदाकदा सुन्न पाइन्छ । झापा विद्रोहको आफ्नै कहानी छ, बदलाको ।

माओवादी सशस्त्र जनयुद्ध सिर्जित बदलाको अभ्यास त ताजै छ । यही आन्दोलन पनि बदलाको दुष्चक्रको प्रस्फुटनको छायाँ देखिन्छ । जस्तैः केपी ओली प्रधानमन्त्री हुँदा बालेन साह काठमाण्डौँको मेयरमाथि गरेको व्यवहारको उत्तर ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रमुखबाट हटाएर हितेन्द्रदेव शाक्यलाई राख्नु अनि तिनै हटाइएका घिसिङ फेरि पाँच महिनामा तिनै हितेन्द्रको विभागीय मन्त्री बन्नु आफैँमा एउटा बदलाको चक्र नै देखिन्छ । कारबाहीमा परेका नेपाल प्रहरीको जवान डीएसपीको युनिफर्म प्रकट हुनु । बदलाभावको चक्रले नेपाली समाजलाई हामीले अपेक्षा गरेको ठाउँमा लिएर जान सक्छौ कि सक्दैनौँ भन्ने प्रश्णको भूमरीमा फसिरहिन्छ ।

आन्दोलनको क्रममा देखिएको अराजकता, लुटपाट व्यक्तिमाथि गरिएको निर्दयी व्यवहार कहिँ न कहिँ बदलाको भावनाबाट अभिप्रेरित भन्न सकिन्छ । यसले समाजलाई निरन्तर बदलाको भूमरीमा पारिरहन्छ ।

सत्ताको स्वादले जनतासँगको सम्बन्ध सत्तारोहनको छोटो समयमा पनि नयाँलाई पनि पुरानो बनाइहाल्ने इतिहासको दुःख हामीले पटकपटक व्यहोरिरहेका छौं । अहंकार, मनपरीतन्त्र, बदलाको भावनालगायत देखा पर्ने गरेको छ । अनि पुरानै प्रवृतिमा फर्कने दुःखले हामी नेपाली समाज अभिशप्त छौं । ब्राण्डेड रक्सी चाखेको भिडियो भाइरल छ, जसै त्यसको असर नपरोस् ।

आन्दोलनको कबुल, ब्राण्डेड रक्सीको स्वाद लिएको भिडियो क्लिपको विम्ब

आन्दोलनमा यति धेरै असाधारण कुर्वानी भयो कि, जसको क्षतिपूर्ति समाजले प्राप्त गर्न असम्भव छ । नेपालको सामाजिक, राजनीतिक आन्दोलनको सन्दर्भमा यति नमीठो हत्यकाण्ड भएको थिएन । कलिला विद्यार्थीहरू यस्तोमा उभिनु र मरिनु असाधारण घटना हो । तर यो आन्दोलनको उठान जसरी भए पनि वैठान केवल अर्ली इलेक्सन मात्रै हैन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि लिएर समग्रमा शासकीय पुनःसंरचना हो । समयको विना सुविधा भ्रष्टाचार विरूद्धको कदम हो । तर अहिले सरकारको नियुक्तिमा राष्ट्रपतिद्वारा जारी नियुक्ति पर्चा लेखिएको भाखाले त फागुनमा चुनाव गर्ने भन्ने मात्रै छ । यो चुनावी प्रमाणीले शक्तिशाली र स्थिर सरकार बन्छ त ?

र, यो सरकारले यति छोटो समयमा आन्दोलनको आकांक्षलाई सम्बोधन गर्न सक्छ त ? नसक्दा सिर्जना हुने निराशा कस्तो भयनक हुने भन्ने आँकलन गर्नुपर्ने हुन्छ ।

यसले अझै युवाहरू नेपालमा असुरिक्षत ठानेर विदेशिने खतरा पो बढ्ने हो कि स—सना निहुमा पनि हिंस्रक आन्दोलनको साहरा पो लिने हो ? भन्ने अनेक नकारात्मक प्रश्नहरू समाजमा उत्पन्न भएको छ । समाजमा अझै सिर्जना भएको अविश्वास र भयको वातावरणले समाजलाई अझै निराश पो बनाउने हुन कि भन्ने प्रश्न छ ।

सत्ताको स्वादले जनतासँगको सम्बन्ध सत्तारोहनको छोटो समयमा पनि नयाँलाई पनि पुरानो बनाइहाल्ने इतिहासको दुःख हामीले पटकपटक व्यहोरिरहेका छौं । अहंकार, मनपरीतन्त्र, बदलाको भावनालगायत देखा पर्ने गरेको छ । अनि पुरानै प्रवृतिमा फर्कने दुःखले हामी नेपाली समाज अभिशप्त छौं । ब्राण्डेड रक्सी चाखेको भिडियो भाइरल छ, जसै त्यसको असर नपरोस् ।

युवाहरूमा राजनीति सामाजिकीकरणको माइलस्टोन

यो जेन जी आन्दोलनको अर्को प्रकाश भनेको चाहिँ हामीलाई चिन्ता थियो, नयाँ पुस्ता राजनीतिमा चासो नराख्ने जमातको रूपमा हुर्कदैछ भन्ने सवालमा । तर यो आन्दोलनले राजनीति सामाजिकीकरणको स्केललाई गुणात्मक रूपले विस्तार गरेको छ । युवाहरूको राजनीतिमा धेरै चासो विस्तार गरेको छ । यसले आउने चुनावमा सही व्यक्ति छनौटमा योगदान पुग्ने र समाजमा निरन्तर प्रश्न उठाउँदै लोकतन्त्रमा सर्भिसिङको लागि योगदान पुग्छ भन्ने अपेक्षा गर्न सकिन्छ । धेरै जेन जी का बाबु आमाहरूको भनाइ छ, ‘बच्चाहरू आफैँ निर्णय गरेर आन्दोलनमा सहभागी भए, हाम्रो सल्लाह मानेनन् ।’

छुटेको कुरा

आन्दोलनमा असाध्य अराजकता प्रकट भयो । यसको आर्थिक मूल्य निर्धारण हुन्छ र त्यसको पुर्ताल पनि होला । तर असाधारण अराजकता सिर्जित सामाजिक मूल्यको हिसाब किताब सहज हुँदैन र त्यसको पुर्ताल सहज पनि छैन ।

प्रहरीको पछिल्लो भनाइ अनुसार आन्दोलनको नाममा चोरीमा संलग्न हुने व्यक्तिहरू मूलतः सुकुम्बासीहरू र कारागारबाट भागेका कैदीबन्दीहरूको रहेको थियो ।

अरू अनुमान गर्न सकिन्छ । अरू जस्तैः भोगविलासमा जोडिनको लागि रहरले पनि चोरीमा भाग लिएको भन्न सकिन्छ ।

जेन-जीहरूमध्ये कोही लाखौँ शुल्क तिरेर चर्चित कलेजहरूमा पढ्ने विद्यार्थीहरू, साधारण सरकारी कलेजमा पढ्ने विद्यार्थीहरू मात्रै हैन जेन जीहरू कोही घरेलु कामदार, गाडीको सहचालक, विदेशिने लाइन पनि उतिकै छ ।

उनीहरूले हामी जेन जीहरूको करिअर समान मापदण्डमा बन्नुपर्छ भन्ने आवाज छुटेको छ । यो अथाह असमानताको स्वीकारोक्ति समाजको लागि खतरनाक अन्तरविरोधको कारक छुटाउनै हुँदैन ।

अन्तिममा, आन्दोलनमा श्रोत (आइडिया, जनशक्ति, आर्थिक लागत वहन आदि) परिचालनको कारणले जहिल्यै पनि आन्तरिक र बाह्यपक्षको भूमिका हुन्छ । यसको समीक्षा हुन जरूरी हुन्छ । यसको समीक्षा गर्ने हैसियत पनि निःसन्देह जेन-जी सँग नै छ ।

Tags: #विचारटाकुरा विशेषप्रकाश राईसमाज
प्रकाश राई

प्रकाश राई

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, समाजशास्त्र विभागको एमफिल शोधार्थीसमेत रहेका राई एकीकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव हुन् ।

Related Posts

Auto Draft
FEATURE BREAKING

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

by टाकुरा न्यूज । इटहरी
अशोज ९, २०८३
0

इटहरी : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र सङ्घको महासभामा शुक्रबार सम्बोधन गरेका छन्। उनले अङ्ग्रेजी भाषामा गरेको सम्बोधनको पूर्ण पाठ नेपालीमा...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

एक अर्ब तीन करोड ८४ लाखको हुण्डी कारोबार, धरानकी ज्योति पक्राउ

अशोज ९, २०८३
Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.