Tuesday, August 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

आहृत भाषा

दिनेश पाैडेल by दिनेश पाैडेल
अशोज १, २०८२
in टाकुरा विशेष, विचार
0
आहृत भाषा
69
SHARES
Share on FacebookShare on Twitter

तपाईँसँग नेपाली बृहत् शब्दकोश होला । मसित त्यसको सातौँ संस्करण छ । त्यसमा जथाभावी अर्थ दिने, दिनै नमिल्ने हिज्जे दिने र अत्यन्त व्यापक प्रयोग भएका शब्दलाई प्रविष्टि नदिने उदाहरण प्रशस्त भेटिन्छन् । भेट्नुभएकै होला ।

‘संशोधित र परिवर्धित सातौँ संस्करण’सम्म आइपुग्न यस पुस्तकमा कति विद्वान्को योगदान प¥यो होला, अनुमान गर्न कठिन छ ।

तर वैरागी काइँला, गङ्गाप्रसाद उप्रेती, डा. बेन्जु शर्मा, प्रा.डा. महादेव अवस्थी, भाउपन्थी, सुलोचना मानन्धर धिताल, बूँद राना, रामभरोस कापडी ‘भ्रमर’, डा. सञ्जीता शर्मा र विष्णु प्रभातले नाममात्र लेखाएका हुन् भनेर पत्याउन सकिँदैन ।

यस ‘नेपाली शब्दकोश समिति’ (प्रथम संस्करण) मा अध्यक्ष माधवप्रसाद घिमिरे, सदस्यहरू प्रा. बालकृष्ण पोखरेल, डा. वासुदेव त्रिपाठी, डा. वल्लभमणि दाहाल, धनवज्र वज्राचार्य, काशीनाथ तमोट र सदस्य–सचिवमा विजयबहादुर मल्लको नाम छ । यत्रा ठूला मान्छेले पनि शब्दकोशमा नाम लेखाउने मात्र काम गरे भन्ने ठान्नुहुँदैन ।

प्रस्तुत शब्दकोशमा केही थप पारिभाषिक शब्दको सुझाव दिनुभई सहयोग गर्नुहुने विद्वान्हरूमा कमल दीक्षित, केदार न्यौपाने, घनश्याम कँडेल, चूडानाथ भट्टराय, डा. छविलाल गजुरेल, जनकलाल शर्मा, त्रैलोक्यमान प्रधानाङ्ग, पूर्णप्रकाश ‘यात्री’ नेपाल, फणीन्द्र काफ्ले, भिक्टर प्रधान, राजव, राजेन्द्र सुवेदी, रामप्रसाद शर्मा, रेवतीरमण खनाल, शरणहरि श्रेष्ठ, शैलेन्द्रकुमार पोखरेल, श्रीहरि रूपाखेती, सोमनाथ घिमिरे, हेमाङ्गराज अधिकारी हुनुहुन्छ ।

उहाँहरूलाई त्रुटिको दोष दिनुहुँदैन । थपथाप मात्र हो उहाँहरूको योगदान ।

‘रूख बाङ्गै हो कि मेरो घाँटी चिलाएको हो महाराज ! म त रूख बाङ्गै देख्छु !’ भनेझैँ यति धेरै विद्वान् बसेर गरेको कामको बारेमा एक हजारभन्दा बढी त्रुटि त मै देखाउन सक्छु भन्न मिलेन । पाँच–सात हजार विवादास्पद प्रविष्टिको पनि कुरै नगरौँ ।

शब्दकोश निर्माण परियोजनाका निर्देशक प्रा. बालकृष्ण पोखरेल, विशेष सम्पादक डा. वासुदेव त्रिपाठी र डा. वल्लभमणि दाहाल हुनुहुन्छ । सम्पादकमा कृष्णप्रसाद पराजुली र सहसम्पादक गोपीकृष्ण शर्मा हुनुहुन्छ भने सहायक सम्पादक नेपाली शब्दकोश समितिका हर्षनाथ भट्टराई हुनुहुन्छ ।

सातौँ संस्करण तयारी समितिका संयोजकचाहिँ प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. हेमाङ्गराज अधिकारी प्रा. डा. महादेव अवस्थी, प्रा. गोपीकृष्ण शर्मा, डा. जीवेन्द्रदेव गिरी र सहयोगीहरूमा प्रा. डा. बद्रीविशाल भट्टराई, प्रा. डा. योगेन्द्रप्रसाद यादव, प्रा. राजेन्द्र सुवेदी, डा. खगेन्द्र लुइँटेल, प्रा. डा. देवीप्रसाद गौतम र माधव ढुङ्गेल हुनुहुन्छ ।

‘रूख बाङ्गै हो कि मेरो घाँटी चिलाएको हो महाराज ! म त रूख बाङ्गै देख्छु !’ भनेझैँ यति धेरै विद्वान् बसेर गरेको कामको बारेमा एक हजारभन्दा बढी त्रुटि त मै देखाउन सक्छु भन्न मिलेन । पाँच–सात हजार विवादास्पद प्रविष्टिको पनि कुरै नगरौँ ।

माथि सूचीकृत डा. हेमाङ्गराज अधिकारी र उहाँको भँडुवा मण्डली कुनै अदृश्य कुनाबाट पाइने केही करोड रुपियाँको लोभले हुनुपर्छ, नेपाली भाषा ध्वस्त गर्नका लागि जथाभावी हिज्जे नियम सुरु गरेर, पदयोग–पदवियोगसम्बन्धी नियम चलाएर खुलेरै मातृभूमि र मातृभाषामाथि बलात्कारमा लागेका छन् । तिनलाई नेपाली भाषाको इतिहासमा कुपात्र भनेर सम्झिइने नै छ ।

शब्दकोशमा ठाउँठाउँमा वर्णानुक्रमसमेत मिचिएको छ । जता मन लाग्यो शब्दलाई त्यतै प्रविष्टि गर्न मिल्छ ? शब्द सङ्कलन गर्न, अर्थ पर्गेल्न, अर्थको क्रम मिलाउन र मिलाएर वर्णानुक्रममा राख्न जान्ने, कुशल विद्वान्हरू भन्ठानेको थिएँ मैले त ।

तर अरू पनि सबै कालो पोतेको अनुहार लिएर नेपालको भाषिक इतिहासका पन्नामा बस्न तयार भएका हुन् ? यसबारे मैले केही वर्षअघि एक पूर्णकदको लेख नै लेखेको छु । आजचाहिँ एउटा मात्र शब्दलाई उदाहरणको रूपमा पस्कन्छु, त्यो शब्द हो–
‘आहृत’ ।

हाम्रा डाक्टरसाहेबहरू ‘आहृत’ शब्दको अर्थ भन्नुहुन्छ– वि. (सं.) १. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको ।

ना. २. अतिथि–अभ्यागतलाई दिइने भोजन । ३. पाँच महायज्ञमध्ये एक । हाहा ! शब्दकोशमा ठाउँठाउँमा वर्णानुक्रमसमेत मिचिएको छ । जता मन लाग्यो शब्दलाई त्यतै प्रविष्टि गर्न मिल्छ ?

शब्द सङ्कलन गर्न, अर्थ पर्गेल्न, अर्थको क्रम मिलाउन र मिलाएर वर्णानुक्रममा राख्न जान्ने, कुशल विद्वान्हरू भन्ठानेको थिएँ मैले त ।

Tags: #विचारटाकुरा विशेषदिनेश पौडेलभाषा
दिनेश पाैडेल

दिनेश पाैडेल

दिनेश पौडेल पूर्वशिक्षक हुन् । उपन्यासकार र कुशल कृतिसम्पादक समेत रहेका उनको “कुशल अभिभावक : सफल छोराछोरी” नामको अभिभावक शिक्षासम्बन्धी कृति प्रकाशन छ ।

Related Posts

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
टाकुरा विशेष

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.