तपाईँसँग नेपाली बृहत् शब्दकोश होला । मसित त्यसको सातौँ संस्करण छ । त्यसमा जथाभावी अर्थ दिने, दिनै नमिल्ने हिज्जे दिने र अत्यन्त व्यापक प्रयोग भएका शब्दलाई प्रविष्टि नदिने उदाहरण प्रशस्त भेटिन्छन् । भेट्नुभएकै होला ।
‘संशोधित र परिवर्धित सातौँ संस्करण’सम्म आइपुग्न यस पुस्तकमा कति विद्वान्को योगदान प¥यो होला, अनुमान गर्न कठिन छ ।
तर वैरागी काइँला, गङ्गाप्रसाद उप्रेती, डा. बेन्जु शर्मा, प्रा.डा. महादेव अवस्थी, भाउपन्थी, सुलोचना मानन्धर धिताल, बूँद राना, रामभरोस कापडी ‘भ्रमर’, डा. सञ्जीता शर्मा र विष्णु प्रभातले नाममात्र लेखाएका हुन् भनेर पत्याउन सकिँदैन ।
यस ‘नेपाली शब्दकोश समिति’ (प्रथम संस्करण) मा अध्यक्ष माधवप्रसाद घिमिरे, सदस्यहरू प्रा. बालकृष्ण पोखरेल, डा. वासुदेव त्रिपाठी, डा. वल्लभमणि दाहाल, धनवज्र वज्राचार्य, काशीनाथ तमोट र सदस्य–सचिवमा विजयबहादुर मल्लको नाम छ । यत्रा ठूला मान्छेले पनि शब्दकोशमा नाम लेखाउने मात्र काम गरे भन्ने ठान्नुहुँदैन ।
प्रस्तुत शब्दकोशमा केही थप पारिभाषिक शब्दको सुझाव दिनुभई सहयोग गर्नुहुने विद्वान्हरूमा कमल दीक्षित, केदार न्यौपाने, घनश्याम कँडेल, चूडानाथ भट्टराय, डा. छविलाल गजुरेल, जनकलाल शर्मा, त्रैलोक्यमान प्रधानाङ्ग, पूर्णप्रकाश ‘यात्री’ नेपाल, फणीन्द्र काफ्ले, भिक्टर प्रधान, राजव, राजेन्द्र सुवेदी, रामप्रसाद शर्मा, रेवतीरमण खनाल, शरणहरि श्रेष्ठ, शैलेन्द्रकुमार पोखरेल, श्रीहरि रूपाखेती, सोमनाथ घिमिरे, हेमाङ्गराज अधिकारी हुनुहुन्छ ।
उहाँहरूलाई त्रुटिको दोष दिनुहुँदैन । थपथाप मात्र हो उहाँहरूको योगदान ।
‘रूख बाङ्गै हो कि मेरो घाँटी चिलाएको हो महाराज ! म त रूख बाङ्गै देख्छु !’ भनेझैँ यति धेरै विद्वान् बसेर गरेको कामको बारेमा एक हजारभन्दा बढी त्रुटि त मै देखाउन सक्छु भन्न मिलेन । पाँच–सात हजार विवादास्पद प्रविष्टिको पनि कुरै नगरौँ ।
शब्दकोश निर्माण परियोजनाका निर्देशक प्रा. बालकृष्ण पोखरेल, विशेष सम्पादक डा. वासुदेव त्रिपाठी र डा. वल्लभमणि दाहाल हुनुहुन्छ । सम्पादकमा कृष्णप्रसाद पराजुली र सहसम्पादक गोपीकृष्ण शर्मा हुनुहुन्छ भने सहायक सम्पादक नेपाली शब्दकोश समितिका हर्षनाथ भट्टराई हुनुहुन्छ ।
सातौँ संस्करण तयारी समितिका संयोजकचाहिँ प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. हेमाङ्गराज अधिकारी प्रा. डा. महादेव अवस्थी, प्रा. गोपीकृष्ण शर्मा, डा. जीवेन्द्रदेव गिरी र सहयोगीहरूमा प्रा. डा. बद्रीविशाल भट्टराई, प्रा. डा. योगेन्द्रप्रसाद यादव, प्रा. राजेन्द्र सुवेदी, डा. खगेन्द्र लुइँटेल, प्रा. डा. देवीप्रसाद गौतम र माधव ढुङ्गेल हुनुहुन्छ ।
‘रूख बाङ्गै हो कि मेरो घाँटी चिलाएको हो महाराज ! म त रूख बाङ्गै देख्छु !’ भनेझैँ यति धेरै विद्वान् बसेर गरेको कामको बारेमा एक हजारभन्दा बढी त्रुटि त मै देखाउन सक्छु भन्न मिलेन । पाँच–सात हजार विवादास्पद प्रविष्टिको पनि कुरै नगरौँ ।
माथि सूचीकृत डा. हेमाङ्गराज अधिकारी र उहाँको भँडुवा मण्डली कुनै अदृश्य कुनाबाट पाइने केही करोड रुपियाँको लोभले हुनुपर्छ, नेपाली भाषा ध्वस्त गर्नका लागि जथाभावी हिज्जे नियम सुरु गरेर, पदयोग–पदवियोगसम्बन्धी नियम चलाएर खुलेरै मातृभूमि र मातृभाषामाथि बलात्कारमा लागेका छन् । तिनलाई नेपाली भाषाको इतिहासमा कुपात्र भनेर सम्झिइने नै छ ।
शब्दकोशमा ठाउँठाउँमा वर्णानुक्रमसमेत मिचिएको छ । जता मन लाग्यो शब्दलाई त्यतै प्रविष्टि गर्न मिल्छ ? शब्द सङ्कलन गर्न, अर्थ पर्गेल्न, अर्थको क्रम मिलाउन र मिलाएर वर्णानुक्रममा राख्न जान्ने, कुशल विद्वान्हरू भन्ठानेको थिएँ मैले त ।
तर अरू पनि सबै कालो पोतेको अनुहार लिएर नेपालको भाषिक इतिहासका पन्नामा बस्न तयार भएका हुन् ? यसबारे मैले केही वर्षअघि एक पूर्णकदको लेख नै लेखेको छु । आजचाहिँ एउटा मात्र शब्दलाई उदाहरणको रूपमा पस्कन्छु, त्यो शब्द हो–
‘आहृत’ ।
हाम्रा डाक्टरसाहेबहरू ‘आहृत’ शब्दको अर्थ भन्नुहुन्छ– वि. (सं.) १. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको ।
ना. २. अतिथि–अभ्यागतलाई दिइने भोजन । ३. पाँच महायज्ञमध्ये एक । हाहा ! शब्दकोशमा ठाउँठाउँमा वर्णानुक्रमसमेत मिचिएको छ । जता मन लाग्यो शब्दलाई त्यतै प्रविष्टि गर्न मिल्छ ?
शब्द सङ्कलन गर्न, अर्थ पर्गेल्न, अर्थको क्रम मिलाउन र मिलाएर वर्णानुक्रममा राख्न जान्ने, कुशल विद्वान्हरू भन्ठानेको थिएँ मैले त ।
















Discussion about this post