विराटनगर : विराटनगरमा एक युवकको शव फेला परेको छ ।
विराटनगर–१४ विष्णु टोल नजिक सिंघिया खोलामा ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार फेला परेको हो ।
उनी शनिवारदेखि बेपत्ता थिए । मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post