इटहरी : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारीसहित खटाएको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिँदै भुइँ तहमा खटाएको हो।
जिम्मेवारी पाएका नेताहरूले एक महिनासम्म तोकिएको क्षेत्रमा रहेर निर्वाचन अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ।
यसैबीच कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापाको जिम्मेवारी डा. डिला सङ्ग्रौला, भीष्मराज आगन्दम्बे, सुधीरकुमार सिवाकोटी र सुरेश सुब्बालाई दिइएको छ।
यस्तै, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी तोकिएको छ।
बाँकी जिल्लाहरू सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सप्तरी र सिराहाका लागि वसन्त भट्टराई, नरेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ।
यसपटक कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका पदाधिकारीहरूलाई सक्रिय रूपमा निर्वाचन अभियानमा परिचालन गरेको जनाएको छ।














Discussion about this post