इटहरी : सुनसरी क्षेत्र नं. १ मा हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले ३५ हजार ७४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन)ले २७ हजार २४९ मत ल्याइन् ।
उनीहरूबीचको मतान्तर ८ हजार ४९२ रहेको छ । यसैगरी नेकपा (एमाले)का टीकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरेका छन्।












Discussion about this post