Sunday, June 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
in FEATURE BREAKING, कला साहित्य, समाचार
0
इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश
59
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन् ।

साहित्य सङ्गीत उत्सव–२०८३ अन्तर्गत आयोजित कार्यक्रममा इटहरीका विभिन्न शिक्षालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत १८ जना विद्यार्थीले कविता प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा कञ्चन रिमाल, हिमानिशा पराजुली, समृद्धि घिमिरे, अञ्जली रौनियार, युविसा श्रेष्ठ, मनिता रम्तेल, दिलाशा न्यौपाने, आरती फुयाल, ओजश्वी कटवाल, सिर्जन खत्री, नफिशा खातुन, प्रियंका बोहरा, आविष्कार घिमिरे, इमाशा कटवाल, श्रेया भट्टराई, उत्सव भट्टराई, रिवास राई र श्रेयसी भट्टराईले कविता सुनाएका थिए ।

प्रमुख अतिथि प्रसिद्ध कवि मनु मञ्जिलले कविता सिर्जना गर्ने व्यक्तिमा करुणाभाव अनिवार्य हुनुपर्ने धारणा राखे ।

उनले कविता, सङ्गीत र चित्रकलामा संलग्न स्रष्टाले समाजलाई फरक दृष्टिकोणबाट हेरेर गहिरा अनुभूतिलाई कलामार्फत अभिव्यक्त गर्न सक्नुपर्ने बताए ।

मञ्जिलले कविताको सार ठूल्ठूला विषयभन्दा पनि जीवनका मसिना तर गहन अनुभूतिलाई प्रभावकारी ढङ्गले शब्दमा उतार्न सक्नुमा रहेको उल्लेख गरे ।

उनले भने, ‘कविता लेख्ने, संगीतमा काम गर्ने र पेन्टिङ गर्ने मानिसमा करुणाभाव हुनुपर्छ । आम मानिसले हेर्नेभन्दा फरक कोणबाट हेरिनुपर्छ, लेखिनुपर्छ ।’

खासगरी मञ्जिलले आफूले कवि हुनका लागि निरन्तर अभ्यास गरेको स्मरण गर्दै जो मानिसले निरन्तर अभ्यास गर्छ त्यही व्यक्तिले शक्तिशाली कविता लेख्न सक्ने बताए ।

उनले थपे, ‘आज जति पनि गीत लेखिएका छन्, जति पनि कथा लेखिएका छन्, जति पनि मोटा–मोटा किताब लेखिएका छन्, ती लेख्ने मानिसहरू कवि हुन् । काव्य बिनाको लेखनको कुनै अर्थ हुँदैन ।’

कार्यक्रममा कवि बद्री भिखारी, देवान किराती र प्रज्वल पराजुली, शिक्षासेवी गणेश दुलाललगायतले विद्यार्थीहरूको कविता श्रवण गर्दै उनीहरूलाई साहित्य सिर्जनामा निरन्तर लाग्न प्रेरित गरेका थिए ।

सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमबारे महासचिव राजु केसीले प्रकाश पारेका थिए ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यालय तहका विद्यार्थीमा साहित्यप्रतिको रुचि, सिर्जनशीलता र अभिव्यक्ति क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

Tags: कवितामनु मञ्जिलसंगीत साधना प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु
समाचार

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

विराटनगर : जिल्ला कारागार मोरङमा १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ...

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक
FEATURE BREAKING

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिका–१ अनुकरण मार्गस्थित बस्दै आएका एक युवकको छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३
महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ६ लाख बढीको भन्सार छलीका सामान नियन्त्रणमा

असार ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

असार ७, २०८३
इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

असार ७, २०८३
छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन