Sunday, July 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

उद्यमको विरासत बोकेर नेतृत्वको दौडमा नवराज काफ्ले

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
in FEATURE BREAKING, समाचार
0
उद्यमको विरासत बोकेर नेतृत्वको दौडमा नवराज काफ्ले
68
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘साथीहरू विदेश उडे, उनी भने इट्टाको धुलोमै भविष्य खोजिरहे । आज त्यही धुलोले उनलाई उद्योगी बनायो, व्यवसायी बनायो, कृषक बनायो र अब उद्योग वाणिज्य संघको नेतृत्वसम्म डो¥याएको छ ।’

इटहरीको विकासको कथा लेखिँदा केही परिवारका नाम अनिवार्य रूपमा उच्चारण हुन्छन् । तीमध्ये एक हो – काफ्ले परिवार । यो परिवारले व्यापार मात्र गरेन, समाजसेवा, राजनीति र उद्यमशीलताको संस्कार पनि सँगै हुर्कायो । त्यही संस्कारलाई जीवनको मूलमन्त्र बनाएर अघि बढेका व्यक्ति हुन् नवराज काफ्ले ।

वि.सं. २०३४ साल कार्तिक १६ गते सुनसरीको प्रकाशपुरमा जन्मिएका उनलाई आफ्ना बा–आमाले ६ महिनामै इटहरी ल्याए ।

त्यसपछि उनको जीवन इटहरीसँग यति गहिरोसँग गाँसियो कि आज उनी इटहरीकै पहिचान बनेका व्यवसायीमध्ये एक मानिन्छन् ।

बाल्यकाल राष्ट्रिय माध्यमिक विद्यालयमा बित्यो । कक्षा १ देखि ७ सम्म त्यहीँ पढे । त्यसपछि जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । इटहरीकै जनता बहुमुखी क्याम्पसबाट आइकम पूरा गरे ।

पढाइ सकिँदै गर्दा उनका धेरै साथीहरूको सपना विदेश थियो । उनीभित्र पनि त्यो रहर पलाएको थियो । तर एउटा व्यक्तिले उनको बाटो मोडिदिए । ती व्यक्ति हुन्– उनका बुबा जीवनाथ काफ्ले ।

संघर्षको मैदानमा जीवनाथले छोरा नवराजलाई एउटा कुरा बारम्बार सम्झाउँथे– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’
सायद यही एउटा वाक्यले उनको जीवनको लय नै परिवर्तन गरिदियो ।

२०४२ सालतिर बुबाले सुरु गरेको इट्टा उद्योगलाई नजिकबाट हेर्दै हुर्किएका नवराजले अन्ततः विदेश जाने योजना त्यागे । त्यसपछि ०५८ सालदेखि उनी पूर्ण रूपमा व्यवसायमा होमिए ।

सुरुमा साझेदारीमा काम गरे । पछि झुम्काको भासी क्षेत्रमा आफ्नै एकल स्वामित्वमा इट्टाभट्टा सञ्चालन गरे । त्यतिबेला व्यवसाय सजिलो थियो । उत्पादन गरियो, ग्राहक आफैँ भट्टासम्म आइपुग्थे । बजार खोज्दै हिँड्नुपर्दैनथ्यो । मार्केटिङ भन्ने शब्द व्यवसायको शब्दकोशमै थिएन ।

तर समय फेरियो । बजार फेरियो । प्रविधि फेरियो । उनी पनि फेरिए । इट्टाबाट होटलसम्म, होटलबाट कृषि र प्रविधिसम्म ।
व्यवसायीको सबैभन्दा ठूलो शक्ति परिवर्तनलाई चिन्नु हो । नवराजले त्यही गरे ।

वि.सं. २०६९ सालमा इटहरीमा पशुपति होटल सञ्चालन गरे । सुरुमा १३ वटा कोठा थिए । आज होटलमा १७ वटा कोठा छन् । धेरै युवाले त्यहाँ रोजगारी पाएका छन् ।

त्यसपछि उनले अर्को जोखिम उठाए ।

वि.सं. २०७७ सालमा इटहरी–१७ एकम्बामा पशुपति लाइभस्टक एन्ड कृषि फार्म स्थापना गरे । माछापालन सुरु गरे । कृषि उत्पादनलाई व्यवसायसँग जोड्ने प्रयास गरे ।

त्यसैबीच पशुपति ट्रेड एन्ड सप्लायर्समार्फत ई–रिक्साको ब्याट्री पूर्वको मेचीदेखि पश्चिमको महेन्द्रनगरसम्म पु¥याउने सफल व्यवसाय पनि गरे ।

यद्यपि डेढ वर्षअघि इट्टाभट्टा बन्द भयो । तर नवराजको यात्रा भने बन्द भएन । किनकि, उनी व्यवसाय बन्द गर्ने मान्छे होइनन् । उनी नयाँ बाटो बनाउने मान्छे हुन् ।

कोभिड–१९ ले सबैभन्दा ठूलो चोट व्यापारलाई दियो । नवराज पनि त्यसबाट अछुतो रहेनन् ।

‘पहिलाजस्तो व्यापार छैन । अहिले मध्यम अवस्थामा छ । तर व्यापार फेरि उठ्न सक्छ । त्यसका लागि सरकार र व्यवसायीबीच समन्वयको वातावरण बनाउनुपर्छ,’ उनी भन्छन् ।

नेतृत्व किन ?

उनी लगातार तीन कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको निर्वाचित सदस्य । संघको भवन निर्माण समितिको कोषाध्यक्ष भएर भवन निर्माण सम्पन्न गराए । त्यतिबेला नेतृत्व गर्ने रहर थियो । तर आफ्नै व्यवसाय र समयले साथ दिएन ।

आज परिस्थिति फरक छ । उनीसँग अनुभव छ । दृष्टिकोण छ । र, योजना पनि । काफ्ले उद्योग वाणिज्य संघलाई प्रमाणपत्र वितरण गर्ने संस्था बनाउन चाहँदैनन् । उनको योजना डिजिटलमैत्री छ ।

व्यवसायीले घरमै बसेर मोबाइल एपमार्फत सदस्यता नवीकरण गर्न सकुन् भन्ने उनको चाहना छ । अहिले पनि सदस्यता नवीकरण गर्न कागजको पोको बोकेर बजारमा डुल्नुपर्ने अवस्थाको अन्त्य चाहन्छन्, उनी । व्यवसायीले स्वस्फूर्त रूपमा नवीकरण गर्ने वातावरण बनाउने र निर्धक्क व्यापार गर्नका लागि प्रेरित गर्न आफूमा दृढ इच्छा रहेको उनी सुनाउँछन् ।

इटहरी किन साँझमै सुत्छ ?

इटहरीको बजार चौतर्फी हो । यहाँ पूर्व–पश्चिम, उत्तर–दक्षिणसम्म यात्रा गर्नेहरूको साझा ठाउँ हो । तर, इटहरी साँझ चाँडै बन्द हुन्छ । उनलाई यो मन पर्दैन । यसअघि इटहरी उपमहानगरपालिकाले रात्रिकालीन बजारको अवधारणा ल्याएपनि त्यो सफल हुन सकेन । रात्रिकालीन बजार तत्कालै सफल नबनेपनि यसले अर्थतन्त्र चलायमान हुने उनको विश्वास छ ।

उनी भन्छन्, ‘बजार स्वस्फूर्त रूपमा खुल्न पाउनुपर्छ । कर्मचारीलाई पालैपालो बिदा दिएर व्यवसाय सातै दिन चलाउन सकिन्छ । इटहरीको अर्थतन्त्रलाई साँझमै सुत्न दिनु हुँदैन ।’

उनी रात्रिकालीन अर्थतन्त्रलाई इटहरीको भविष्य मान्छन् । खासगरी साँझ ६–७ बजे नै बन्द हुने व्यावसायलाई राति ९–१० बजेसम्म धकेल्न सकिएपनि धेरै हदसम्म अर्थतन्त्र चलायमान हुनसक्ने उनको आत्मविश्वास छ ।

कर होइन, समन्वय चाहिन्छ

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनताका दुई मुद्दाले प्राथमिकता पाउँछन् । पहिलो हो घरबहाल कर । अर्को भनेको बजार बन्दको कुरा । बजार सधैँ खुल्नुपर्ने तर कर्मचारीले साताको कुनै एकदिन बिदा पाउनुपर्ने उनको बुझाइ छ । उवासंघले बजार बन्द गराउने होइन, बजार खुलाउन प्रेरित गर्नुपर्ने उनी सुनाउँछन् ।

घरबहाल करको विषयलाई उनी वर्षौंदेखिको विवाद मान्छन् । उनको धारणा स्पष्ट छ, ‘व्यवसायी र स्थानीय सरकारबीच द्वन्द्व होइन, समन्वय हुनुपर्छ ।’

समाजसेवा र नेतृत्वको अर्को पाटो

व्यवसायसँगै समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाएका उनी नेपाल रेडक्रस इटहरीका यशस्कर सदस्य छन् । सन् २००१ मा लियो क्लब अफ इटहरी सुनसरीका अध्यक्ष भएका उनले सन् २०१९ मा लायन्स क्लब अफ इटहरी सिटीका अध्यक्षको नेतृत्व पनि सम्हालिसकेका छन् ।

परिवार : संघर्षको सबैभन्दा ठूलो शक्ति

वि.सं. २०६१ सालमा सर्विना काफ्लेसँग उनको वैवाहिक जीवन सुरु भयो । छोरा सार्थक (२०६२) र छोरी सृष्टि (२०६९) छन् ।
जीवनका सबै उतारचढावमा श्रीमती सर्विनाले साथ दिएकी छन् । ‘मेरो सफलताको सबैभन्दा ठूलो हिस्सेदार मेरी श्रीमती हुन्,’ उनी घरीघरी विगत सम्झिदाँ भावुक पनि हुन्छन् ।

बुबाको विरासत, छोराको प्रतिबद्धता

भोजपुरबाट २०१९ सालतिर तराई आएका जीवनाथ काफ्लेले शून्यबाट संघर्ष सुरु गरेका थिए । सुरुमा इट्टाको व्यापार गरे । समाजसेवा गरे । राजनीति गरे । संस्था बनाए । मान्छे जोड्दै गए ।

तर नवराजसँग आफ्ना प्रेरणाका प्रणेता बुबा उनीसँग छैनन् । आमा पनि छैनन् । उनीहरूको देहान्त भएपनि बा–आमाले रोपेको संस्कार नवराजसँग अझै जीवित छ । त्यही संस्कारको विरासत बोकेर नवराज काफ्ले आज उद्योग वाणिज्य संघ इटहरीको

नेतृत्वमा पुग्ने तयारीमा छन् ।

उनी चुनाव जित्न मात्रै चाहँदैनन् । उनी इटहरीको अर्थतन्त्र चलायमान बनाउने, व्यवसाय प्रवद्र्धन, लगानीमैत्री वातावरण, कर तथा नीतिगत सुधार, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, बैंकिङ समस्या समाधान, स्टार्टपका लागि प्रोत्साहन, व्यवसायीको आवाज बलियो बनाउने र इटहरीलाई व्यापारमैत्री, डिजिटल र चलायमान सहर बनाउने सपना बोकेर मैदानमा उत्रिएका छन् ।

जीवनाथ काफ्ले व्यापारी मात्रै नभई समाजका अगुवा थिए । कतिपय व्यापारी, समाजसेवी, राजनीतिज्ञहरूका अभिभावक पनि थिए ।

इटहरी राधाकृष्ण मन्दिरदेखि रेडक्रस, लायन्स क्लब, इटहरी सहकारीसहित दर्जनौँ संघसंस्थामा विभिन्न भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसको नगर सभापतिसम्मको भूमिका निर्वाह गरेका थिए । इटहरीको समाजमा सम्मानित नाम थियो जीवनाथ काफ्ले ।

उनै बुबाको प्रेरणा, परिवारको विश्वास, संघर्षको निरन्तरता र इटहरीप्रतिको समर्पणले उनी उवासंघको नेतृत्वमा पुग्ने सपना पछ्याइरहेका छन् ।

Tags: नवराज काफ्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित खुनिया...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङको मिक्लाजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
0

मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्लाजुङ–२ निवासी ४० वर्षीय राजकुमार...

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

असार २१, २०८३
इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

असार २१, २०८३
विराटनगर : पत्रकार परिचयपत्रको वैधतामाथि प्रश्न, दुई जनाविरुद्ध अभद्र व्यवहार र लागूऔषध सेवनको मुद्दा

विराटनगर : पत्रकार परिचयपत्रको वैधतामाथि प्रश्न, दुई जनाविरुद्ध अभद्र व्यवहार र लागूऔषध सेवनको मुद्दा

असार २१, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा बजेटमाथिको मन्त्रालयगत छलफल सकियो, ‘कार्यान्वयनमै चुनौती’

असार २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

असार २१, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङको मिक्लाजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

असार २१, २०८३
खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

असार २१, २०८३
इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

असार २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    761 shares
    Share 304 Tweet 190
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.