इटहरी : कोशी प्रदेश प्रहरी कार्यालयले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’का रूपमा प्रहरी सहायक निरीक्षक (असई) गणेश थापा र प्रहरी हवल्दार रेवतीप्रसाद ढकाललाई घोषणा गरेको छ।
अस्थायी प्रहरी चौकी चाँदबेला, सुनसरीमा कार्यरत असई थापाले गस्तीका क्रममा तीन राउन्ड गोली लोड भएको एक थान चाइनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गर्न सफल भएका थिए।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत हवल्दार ढकालले ४७.२९ ग्राम ब्राउनसुगर, १८ हजार २१० ट्याब्लेट प्रतिबन्धित औषधि, ७१२ किलोग्राम गाँजा बरामद गर्नुका साथै लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति तथा सवारीसाधन नियन्त्रण, फरार प्रतिवादी पक्राउ र अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
विभागीय मूल्य–मान्यता, उच्च मनोबल, साहस तथा उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनीहरूलाई २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।

















Discussion about this post