तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकामा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ।
जिल्लाको आठराई गाउँपालिका–६ सिमखर्ककी ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको अभियोगमा सोही स्थानका ३८ वर्षीय कृष्णबहादुर लिम्बू पक्राउ परेका छन्।
प्रहरीका अनुसार कृष्णबहादुरले रूपामाथि खुकुरी प्रहार गरेपछि घटनास्थलबाट फरार भएका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरी उनलाई आठराई गाउँपालिका–५ सुम्लिबुङबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका आरोपितमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
















Discussion about this post